default_image

3 years ago

September 11, 2021

एएफसी यु–२३ छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा […]

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् ।

एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा पुगिसकेका छन् । सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान र मनिष डाँगी सिनियर टोलीसँग कतारमा रहेका छन् । साफ च्याम्पियनसिप १ अक्टोवरदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

४८ सदस्यीय टोलीमा ९ गोलरक्षक, १३ डिफेन्डर, १७ मिडफिल्डर र ९ फरवार्ड रहेका छन् । टोलीको प्रशिक्षण सोमबारलदेखि हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू-२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन ।

प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १-१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

प्रारम्भिक चरणमा डाकिएका ४८ खेलाडी

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल, पुजन होना, अन्जल श्रेष्ठ, सुर्य अधिकारी, विष्णु केसी, आकाश रानाभाट र रोहित कार्की

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, असिम भुषाल, रन्दिप पौडेल, विश्वास उदास, विशाल बस्नेत, रोमन लिम्बु, पृथ्वी चौधरी, आदिल हामिद, योगेश गुरुङ, रोशन दोङ र सोनित दाहाल

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, जय गुरुङ, अशोक थापामगर, दिपेश गुरुङ, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, रुमेश बर्तौला, आकाश बुढामगर, निराजन महर्जन, दिपेश आलेमगर, रजत तिवारी, रोशन रानामगर र एरिक विष्ट

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, राजेश परियार, दर्शन गुरुङ, प्रिजेन तामाङ, दिनेश हेन्जन, रेजिन सुब्बा, बुद्ध बल तामाङ र कैलाश लामिछाने ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.