default_image

3 years ago

September 12, 2021

लुकाकु चम्कदा चेल्सीको सानदार जित

101 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो । एक गोल माटियो कोभासिसको नाममा रह्यो । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

स्टामफोर्ड ब्रिजमा शनिबार राति भएको खेलको १५औं मिनेटमा रोमेलु लुकाकुको गोलबाट चेल्सीले अग्रता लिएको थियो । उनले माटियो कोभासिसको पासमा गोल गर्न सफल भएका थिए ।

४९औं मिनेटमा कोभासिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लुकाकुले कप्तान सेसर एज्पिलिक्वेटाको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीको जित पक्का गरे । लुकाकुले चेल्सीका लागि तेस्रो खेलमा तेस्रो गोल गर्न सफल भएका हुन् ।

जितपछि चेल्सीले शीर्षस्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेपनि गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । अपराजित रहेको दुवै टोलीको समान ४ खेलबाट १० अंक छ । पराजित एस्टन भिल्ला ४ अंकसहित १२औं स्थानमा छ ।

इपिएलको नतिजा
क्रिस्टल प्यालेस
विरुद्ध टोटेनहम (–०)
आर्सनलविरुद्ध नर्विच (–०)
ब्रेन्टफर्डविरुद्ध ब्राइटन (०–)
लेस्टरविरुद्ध म्यानचेस्टर सिटी (०–)
म्यानचेस्टर युनाइटेडविरुद्ध न्युक्यासल (–१)
साउथह्याम्टनविरुद्ध वेस्ट ह्याम (०–०)
वाट्फोर्डविरुद्ध वल्भ्स (०–)

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.