default_image

3 years ago

September 12, 2021

आर्सनलको पहिलो जित, सिटीलाई सफलता

35 views

0 Bookmark

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित दर्ता गर्दा साविकको विजेता म्यानचेस्टर सिटीले लगातार तेस्रो जित निकालेको छ ।

सुरुवाती तीन खेलमा हार बेहोरेको आर्सनलले नर्विच सिटीमाथि १–० को जित निकाल्दै लिगमा पहिलो जित निकालेको हो । आर्सनलको जितमा कप्तान पिएरे इमिरिक औवामियाङले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

इमिरेट्स स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेलको १०औं मिनेटमा काइरन डोवेलले गरेको क्रसमा नर्विचका कोही खेलाडी त्यहाँ नरहँदा काउन्टर अट्याकमा कप्तान पिएरे इमिरिक औवामियाङको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा आर्सनल अग्रता लिनबाट चुक्यो ।

४४औं मिनेटमा बुकायो साकाको प्रहारलाई लि मेलोउले ब्लक गर्दा फर्किएको बललाई विलियनको डिफेन्सिभ हेडर क्लियर हुन नसकेको बललाई तोमियसुको प्रहार क्रसबारमा लागेर फर्कदा आर्सनल अग्रता लिनबाट चुक्यो ।

६६औं मिनेटमा निकोलस पेपेको पासमा कप्तान औवामियाङले गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा औवामियाङको गोल नै आर्सनलको पहिलो जितमा पर्याप्त बन्यो । यो जितपछि आर्सनलको ४ खेलबाट ३ अंक पुगेको छ । अंकको खाता खोल्न नसकेको नर्विच पुछारमा छ ।

साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० ले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ । सुरुवाती खेलमा टोटेनहम हटस्परसँग १–० ले स्तब्ध भएको सिटीले त्यसपछि लगातार तेस्रो जित आत्मसात गरेको हो । लेस्टरलाई पराजित गर्नुअ िसिटीले नर्विच सिटी र आर्सनलमाथि समान ५–० को जित निकालेको थियो ।

किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा सिटीको जितमा दोस्रो हाफमा बर्नाडो सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । उनले ६२औं मिनेटमा गोल गरेका थिए । जितपछि सिटी ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो हार बेहोरेको लेस्टर ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.