default_image

3 years ago

September 12, 2021

अपराजित बायर्नको सानदार जित

36 views

0 Bookmark

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आरबी लाइप्जिगमाथि फराकिलो जित निकालेको छ । बायर्नले घरेलु टोलीमाथि ४–१ को फराकिलो सफलता हात पारेको हो ।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्की, जमल मुसिएला, लिरोए साने र एरिक म्याक्सिम चुपो मोटिङले समान एक गोल गरे । घरेलु टोलीका कोनराड लेइमारले एक गोल फर्काए ।

रेडबुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलको १२औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बायर्नले अग्रता लिएको थियो । दोस्रो हाफको शुरुमै जमल मुसिएलाको गोलबाट बायर्नले अग्रता दोब्बर बनायो । उनले अलफन्सो डाभिसको पासमा गोल गरेका थिए ।

५४औं मिनेटमा लिरोए सानेले जमल मुसिएलाको पासमा गोल गर्दै बायर्नलाई फराकिलो जिततर्फ अग्रसर गराए । ५८औं मिनेटमा कोनराड लेइमारले केभिन काम्पलको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत देखाएपनि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट चुपो मोटिङले गोल गर्दै बायर्नलाई ४–१ को सहज जित दिलाए ।

जितपछि अपराजित बायर्न ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । लाइप्जिग ३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.