default_image

3 years ago

September 13, 2021

एट्लेटिको म्याड्रिडको पूनरागमन जित

एजेन्सी – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलमाथि २–१ को पूनरागमन जित निकालेको छ । एट्लेटिकोको पूनरागमन जितमा यान्निक कारास्को र थोमस लेमारले गोल गरे । घरेलु टोली स्पान्योलका राहुल दि थोमसको गोल सान्त्वना बन्यो । आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलको ४०औं मिनेटमा राहुल दि थोमसको […]

26 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै साविकको विजेता एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलमाथि २–१ को पूनरागमन जित निकालेको छ ।

एट्लेटिकोको पूनरागमन जितमा यान्निक कारास्को र थोमस लेमारले गोल गरे । घरेलु टोली स्पान्योलका राहुल दि थोमसको गोल सान्त्वना बन्यो । आरसिडिइ स्टेडियममा आइतबार राति भएको खेलको ४०औं मिनेटमा राहुल दि थोमसको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले एड्रिएन इमबारबाको पासमा गोल गरेका थिए ।

५३औं मिनेटमा थोमस लेमारले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले भिएआरबाट मान्यता पाएन । ७९औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

इन्ज्युरी समयको थप गरिएको नवौं मिनेटमा थोमस लेमारले गोल गर्दै एट्लेटिकोलाई २–१ को पूनरागमन जित दिलाएका थिए । खेलको अन्त्यतिर तनावपुर्ण स्थिति बन्दा रेफ्रीले दुवै टोलीका दुई–दुई खेलाडीलाई पहेलो कार्ड देखाएको थियो । एट्लटिकोले अग्रपङ्तिमा लुइस सुआरेजसँगै यसै समरमा एट्लेटिको फर्किएका एन्टोइन ग्रिजमनलाई उतारेपनि उनीहरुले प्रदर्शन सोचेअनुरुपको हुन सकेन ।

यो जितसँगै अपराजित रहेको एट्लेटिको ४ खेलबाट १० अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । समान १० अंक नै रहेपनि रियल म्याड्रिड शीर्ष तथा भ्यालेन्सिया दोस्रो स्थानमा रहेको छ । पराजित स्पान्योल २ अंकसहित १५औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा भ्यालेन्सियाले ओसासुनालाई ४–१ ले पराजित गर्दै अपराजित यात्रालाई निरन्तरता दिएको छ । भ्यालेन्सियाको जितमा म्याक्सिमिलियानो गोमेज, गोन्कालो गुइडेस र ओमर एल्डररेटले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोली ओसासुनाका जोन मोन्कायोलाको गोल सान्त्वना बन्यो ।

यो जितपछि भ्यालेन्सिया ४ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । समान १० अंक नै रहेपनि रियल म्याड्रिड शीर्षस्थानमा तथा एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ । पराजित ओसासुना ५ अंक जोडेर नवौं स्थानमा छ ।

अर्काे खेलमा रियल सोसिडाडले क्याडिजलाई २–० ले पराजित गरेको छ । रियल सोसिडाडको जितमा दुवै गोल मिकेल ओयरजावाललले गोल गरे । ८३औं मिनेटमा जुआन काला दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि क्याडिज १० खेलाडीमा समेटिएको थियो ।

जितपछि सोसिडाड चरा खेलबाट ९ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित क्याडिज २ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.