default_image

3 years ago

September 13, 2021

बार्सिलोनाका ब्रेथवेट चार महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डेनिस फरवार्ड मार्टिन ब्रेथवेट कम्तीमा चार महिना मैदान बाहिर रहने भएका छन् । दुई साताअघि गेटाफेमाथि २–१ को जित निकालेको खेलमा ब्रथेवेटले चोट बोक्न पुगेका थिए । चोटकै कारण ३० वर्षीय ब्रेथवेटले अन्तर्राष्ट्रिय ब्रेकमा युरोपियन छनोटका खेल गुमाएका थिए । उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएकाले चोट निको हुन कम्तीमा […]

49 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डेनिस फरवार्ड मार्टिन ब्रेथवेट कम्तीमा चार महिना मैदान बाहिर रहने भएका छन् । दुई साताअघि गेटाफेमाथि २–१ को जित निकालेको खेलमा ब्रथेवेटले चोट बोक्न पुगेका थिए ।

चोटकै कारण ३० वर्षीय ब्रेथवेटले अन्तर्राष्ट्रिय ब्रेकमा युरोपियन छनोटका खेल गुमाएका थिए । उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएकाले चोट निको हुन कम्तीमा पनि तीन महिना बढी र खेलमा फर्कन एक महिना लाग्ने बताइएको छ । ब्रेथवेटले यो सिजनको सुरुवाती तीन खेलमा दुई गोल र एक असिस्ट दिदै उच्च प्रदर्शन गरेका थिए ।

बार्सिलोनाले फरवार्ड ब्रेथवेट अन्तर्राष्ट्रिय ब्रेकपछि खेलमा फर्कने विश्वास गरेको थियो । तर, आइतबार गरिएको परिक्षणमा उनको घुँडाको शल्यक्रिया नै गर्नुपर्ने भएपछि उनी लामो समय मैदान बाहिर रहनुपर्ने भएको हो । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।

ब्रेथवेटको चोटसँगै बार्सिलोनालाई थप झट्का हुने भएको छ । यसअघि ओस्मान डेम्बेले, सर्जियो अगुइरो र अन्सु फाती टोलीबाट बाहिरिसकेका छन् । डेडलाइन डेमा अर्काे फरवार्ड एन्टोइन ग्रिजमन पनि एट्लेटिको म्याड्रिड फर्किएपछि अब रोनाल्ड कोम्यानको टोलीलाई मेम्फिस डिपाए र लुक डि योङमा भरोसा रहेको छ ।

बार्सिलोनाले मंगलबार राति च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा जर्मन च्याम्पियन बायर्नसँग खेल्दैछ । उक्त खेलमा लुक डे योङले नै टोलीको अग्रपंक्ति सम्हाल्ने देखिन्छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.