default_image

3 years ago

September 15, 2021

लुकाकुको गोलमा चेल्सीको जित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको गोलमा साविकको विजेता इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले जेनिटमाथि १–० को झिनो जित निकालेको हो । उनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक […]

93 views

0 Bookmark

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको गोलमा साविकको विजेता इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीले जेनिटमाथि १–० को झिनो जित निकालेको हो । उनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । घरेलु मैदानमा चेल्सीले खेलको सुरुवात देखि नै जेनिटलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

३८औं मिनेटमा क्लाउडिनोले अवसर पाएपनि चुकाउँदा जेनिट अग्रता लिनबाट चुक्यो । पहिलो हाफमा बल पोसेसन राखेपनि चेल्सीले जेनिटको पोस्टमा खासै आक्रमण बन्न सकेन । दोस्रो हाफको शुरुमै चेल्सी अग्रता लिनबाट चुक्यो ।

४७औं मिनेटमा रोमेलु लुकाकुको पासमा हाकिम जियाचको प्रहारलाई गोलरक्षक क्रिस्टसियुकले विफल पारे । ४९औं मिनेटमा एन्टेनियो रुडिगरले बारीओसको प्रयासलाई विफल पारिदिए । ५६औं मिनेटमा लुकाकुको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६८औं मिनेटमा एजमोउनको प्रयासलाई एन्ड्रिएस क्रिस्टेन्सेनले विफल पारे ।

लगत्तै काउन्टर अट्याकमा लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । उनले कप्तान सिसर एज्पिलिक्वेटाको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा मासन माउन्टको पासमा मार्काेस अलन्सको प्रहार बाहिरिदा चेल्सी अग्रता दोब्बर पार्नबाट चुक्यो । लगत्तै अर्टिम ज्युवाले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा जेनिट बराबरीबाट चुक्यो ।

यही समूह ‘एच’ को अर्काे खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मोमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको छ । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

यो नजितापछि समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । अंकविहीन जेनिट र माल्मो तेस्रो र चौथो स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.