default_image

3 years ago

September 16, 2021

पिएसजीको सुरुवाती ११ मा मेस्सी, नेयमार र एमबाप्पे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आक्रमणका तीन मुख्य खेलाडी लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा उतारेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब ब्रुगविरुद्ध खेलमा पहिलो पटक तीनै जनालाई एकसाथ खेलाउन लागेका हुन् । यसअघि पिएसजीका लागि डेब्यु गर्ने क्रममा मेस्सीले नेयमारको स्थान लिएका थिए […]

171 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सिजनको पहिलो खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आक्रमणका तीन मुख्य खेलाडी लिओनेल मेस्सी, नेयमार र किलीयन एमबाप्पेलाई पहिलो रोजाइमा उतारेको छ ।

प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब ब्रुगविरुद्ध खेलमा पहिलो पटक तीनै जनालाई एकसाथ खेलाउन लागेका हुन् । यसअघि पिएसजीका लागि डेब्यु गर्ने क्रममा मेस्सीले नेयमारको स्थान लिएका थिए । यसै साता सम्पन्न लिग खेलमा भने मेस्सी र नेयमारले विश्वकप छनोट खेलेका कारण विश्राम लिएका थिए ।

क्लब ब्रुगको मैदानमा हुने खेलमा भने मेस्सी पहिलो पटक सुरुवाती रोजाइमा खेल्दैछन् । प्रशिक्षक पोचेटिनोले आक्रमणमा तीन खेलाडीलाई सघाउन मिडफिल्डमा आन्दर हरेरा, जिओर्जिनिओ वाइनाल्डम र लिआन्द्रो पारेडेसलाई उतारेका छन् । डिफेन्समा अबोउ डिआलो, मार्किन्हस, प्रेस्नेल किम्पेम्बे र अक्रफ हाकिमी छन् । गोलरक्षकमा केलर नाभास रहेका छन् ।

वैकल्पिक खेलाडीमा यसै सिजन क्लब आएका इटालियन गोलरक्षक जियानलुइजी डोनारुम्मा, थिलो केहरर, नुनो मेन्देस, ड्यानिलो, जुलियन ड्राक्सलर, माउरो इकार्डी लगायत खेलाडी रहेका छन् । चोटका कारण डिफेन्डर सर्जियो रामोस भने अझै टोलीमा समावेश भएका छैनन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.