default_image

3 years ago

September 19, 2021

इंग्लिस फरवार्ड ग्रिभ्सको निधन

एजेन्सी – इंग्लिस राष्ट्रिय टोलीका पूर्व फरवार्ड तथा टोटेनहम हट्सपरका सर्वाधिक गोलकर्ता जिमी ग्रिभ्सको निधन भएको छ । ग्रिभ्सको ८१ वर्षको उमेरमा निधन भएको हो । ग्रिभ्सले चेल्सीबाट आफ्नो व्यावसायिक करिअर सुरु गर्दै एसी मिलान, टोटेनहम र वेस्ट ह्यामबाट पनि खेलेका थिए । सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जित्दा टोलीका सदस्य रहेका उनले राष्ट्रिय टोलीका […]

77 views

0 Bookmark

एजेन्सी – इंग्लिस राष्ट्रिय टोलीका पूर्व फरवार्ड तथा टोटेनहम हट्सपरका सर्वाधिक गोलकर्ता जिमी ग्रिभ्सको निधन भएको छ । ग्रिभ्सको ८१ वर्षको उमेरमा निधन भएको हो ।

ग्रिभ्सले चेल्सीबाट आफ्नो व्यावसायिक करिअर सुरु गर्दै एसी मिलान, टोटेनहम र वेस्ट ह्यामबाट पनि खेलेका थिए । सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप जित्दा टोलीका सदस्य रहेका उनले राष्ट्रिय टोलीका लागि ५७ खेलमा ४४ गोल गरेका थिए । इंग्लिस शीर्ष डिभिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि उनकै नाममा छ ।

ग्रिभ्सले कुल ३ सय ५७ गोल गर्ने क्रममा टोटेनहमका लागि ३ सय ७९ खेलमा २ सय ६६ गोल गरेका थिए । ग्रिभ्सले चेल्सीका लागि सन् १९६०-६१ मा ४१ गोल गर्दै एकै सिअज्न्म क्लबको लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका थिए । त्यस्तै उनले टोटेनहमका लागि १९६२-६३ मा ३७ गोल गर्दै सोहि कीर्तिमान बनाए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.