default_image

3 years ago

September 20, 2021

युभेन्ट्स र मिलानको बराबरी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको चौथो मिनेटमा नै अल्भारो मोराटाको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले पाउलो […]

27 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स र एसी मिलानले बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा युभेन्ट्सले एसी मिलानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको चौथो मिनेटमा नै अल्भारो मोराटाको गोलबाट घरेलु टोलीले अग्रता लिएको थियो । उनले पाउलो डिबालाको पासमा गोल गरेका थिए । १६औं मिनेटमा एलेक्स सान्द्रोको लो क्रसमा मोराटाको प्रहारलाई मिलानका गोलरक्षक मिक मेइगनानले बचाउँदा युभेन्ट्सले अग्रता दोब्बर पार्नबाट चुक्यो ।

१८औं मिनेटमा डिबालाको प्रहारमा गोलरक्षक मेइगनान नै बाध बने । ४३औं मिनेटमा पिएरे कालुलुको पासमा एन्टी रेविचको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६९औं मिनेटमा राफयल लियोको प्रहार पास्ट नजिकैबाट बाहिरिदा मिलान बराबरीबाट चुक्यो ।

७६औं मिनेटमा एन्टी रेबिचले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले सान्द्रो टोनालीको पासमा गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा ब्राहिम डियाज चुक्दा मिलानले खेलमा अग्रता लिने अवसर गुमायो ।

८६औं मिनेटमा एड्रिएन राविओटको पासमा मोइस किनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८७औं मिनेटमा कालुलुको प्रहारलाई गोलरक्षक वजनिएस सिजेस्नीले बचाउँदै युभेन्ट्सको हार टारे ।

यो नतिजापछि युभेन्ट्सले नयाँ सिजनको सिरी ‘ए’ मा जित निकाल्न सकेन । सिरी ‘ए’ मा चार खेल खेल्दा युभेन्ट्सले दुई बराबरी र दुई हारको नतिजा निकालेको छ ।

बराबरीपछि मिलानले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । समान १० अंक रहेपनि मिलान दोस्रो स्थानमा तथा इन्टर मिलान शीर्षस्थानमा रहेको छ । युभेन्ट्स २ अंक जोडेर १८औं स्थानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.