default_image

3 years ago

September 21, 2021

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पिनसिपको अन्तिम तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीबीच अर्को साता मैत्रीपूर्ण खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र ओमानबीचको खेल आइतबार दोहास्थित कतार विश्वविद्यालयको मैदानमा स्थानिय समय अनुसार साँझ ७ बजे खेल सुरु हुनेछ । भारतसँग भदौ १७ र २० […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पिनसिपको अन्तिम तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानको राष्ट्रिय टोलीबीच अर्को साता मैत्रीपूर्ण खेल हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र ओमानबीचको खेल आइतबार दोहास्थित कतार विश्वविद्यालयको मैदानमा स्थानिय समय अनुसार साँझ ७ बजे खेल सुरु हुनेछ । भारतसँग भदौ १७ र २० गते दुई मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली कतार पुगेको थियो ।

कतारमा दुई साता अभ्यासपछि नेपाली टोली असोज ११ गते त्यहिँबाट साफ च्याम्पिनसिप आयोजनास्थत माल्दिभ्स जानेछ । माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालले पहिलो दिननै साविक विजेता समेत रहेको माल्दिभ्सको सामना गर्नेछ ।

राष्ट्रिय टोलीले शनिबार दोहामा स्थानीय अल बिदा स्पोर्टस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । अधिकांश खेलाडीलाई मौका दिइएको खेलमा अन्जन विष्ट र अनन्त तामाङले गोल गर्दा नेपाली टोली २–० ले विजयी भएको थियो ।

कतार जानुअघि नेपाली टोलीले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रंगशालामा नेपाल र भारतबीच भदौ १७ गते भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।

यसपटक साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच असोज २४ गते खेल हुनेछ । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको यसपटकको च्याम्पियनसिप राउन्ड रोविनका आधारमा हुनेछ । शीर्ष २ टोलीले असोज ३० गते फाइनल खेल्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.