default_image

3 years ago

September 22, 2021

इन्टर मिलान शीर्षस्थानमा उक्लियो

एजेन्सी – घरेलु टोली फियोरेन्टिनामाथि पूनरागमन निकाल्दै साविकको विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । इन्टरले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो । इन्टरको पूनरागमन जितमा माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले गोल गरे । रिक्कार्डाे सोट्टिलको गोल सान्त्वना बन्यो […]

96 views

0 Bookmark

एजेन्सी – घरेलु टोली फियोरेन्टिनामाथि पूनरागमन निकाल्दै साविकको विजेता इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ ।

इन्टरले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै १० खेलाडीमा समेटिएको घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो । इन्टरको पूनरागमन जितमा माटियो डर्मिएन, इडेन जेको र इभान पेरिरिसले गोल गरे । रिक्कार्डाे सोट्टिलको गोल सान्त्वना बन्यो ।

स्टेडियो अर्टिमियो फ्रान्चीमा मंगलबार राति भएको खेलको २३औं मिनेटमा । रिक्कार्डाे सोट्टिलको गोलबाट घरेलु टोलीले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । एक गोलले पछि परेको इन्टरले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता लिन सफल भएको थियो ।

५२औं मिनेटमा माटियो डर्मिएनले निकोलो बरेल्लाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसको तीन मिनेटपछि इडेन जेकोले हकान चलहानोग्लुको पासमा गोल गर्दै इन्टरलाई २–१ को अग्रता दिलाए ।

७८औं मिनेटमा निकोलस गोन्जालेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली फियोरेन्टिनाको खेलमा फर्कने सम्भावना टाढिएको थियो । निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा इभान पेरिसिसले गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितसँगै अपराजित रहेको इन्टर ५ खेलमा चार जित र १ बराबरीसहित १३ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । इन्टरले एक खेल कम खेलेको नेपोलीलाई १ अंकले तथा एसी मिलानलाई ३ अंकले पछि पारेको छ । पराजित फियोरेन्टिना ९ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा एटलान्टाले सस्सुलोलाई २–१ ले पराजित गरेको छ । एटलान्टाको जितमा रोविन गोसेन्स र डेभिड जापाकोस्टाले गोल गरे । सस्सुलोका डोमिनिको बेरार्डीले एक गोल फर्काए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.