default_image

3 years ago

September 22, 2021

रियल म्याड्रिड र मलोर्का भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले घरेलु मैदानमा रियल मलोर्काको आतिथ्यता गर्दैछ । खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा अपराजित रहेको रियल म्याड्रिड मलोर्कालाई हराउँदै ला लिगाको शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ । अपराजित रहेको रियलले मलोर्कालाई हराउन सके शहरी […]

92 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदा रियल म्याड्रिडले घरेलु मैदानमा रियल मलोर्काको आतिथ्यता गर्दैछ ।

खेल सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा अपराजित रहेको रियल म्याड्रिड मलोर्कालाई हराउँदै ला लिगाको शीर्षस्थानमा उक्लने लक्ष्यमा हुनेछ ।

अपराजित रहेको रियलले मलोर्कालाई हराउन सके शहरी प्रतिद्धन्द्धी एट्लेटिको म्याड्रिडलाई पछि पार्नेछ । एट्लेटिकोको ६ खेलबाट १४ तथा रियलको १३ अंक छ । बराबरीमा रोकिएपनि रियलले एट्लेटिकोलाई गोल अन्तरमा पछि पार्नेछ ।

लयमा रहेका कप्तान करिम बेन्जेमा र भिनिसियस जुनियर नै टोलीको लागि मुख्य हतियार हुनेछ । बेन्जेमाले ५ खेलमा ६ गोल गर्नुका साथै ५ असिस्ट दिएका छन् । भिनिले ५ खेलमा ५ गोल र १ असिस्ट दिएका छन् ।

यस्तै टोलीसँग इडेन हाजार्ड, लुका मोड्रिच, क्यासमिरो, फेडे भाल्भेर्डे, डेभिड अलाबा, इडर मिलिसाओ, लुकास भास्क्वेज, मिगुइल गुइटेरेज, लुका जोभिक, इस्को र गोलरक्षक थिवाउट कोर्टुवाको साथ रहेको छ । इडुआर्डाे कामाभिंगा, रोड्रिगो पनि टोलीमा रहेका छन् । चोटका कारण मार्सेलो, टोनी क्रुस, ड्यानी कार्भाजल, फर्लान्ड मेन्डी र ग्यारेथ बेल टोलीमा हुनेछैनन् ।

यता, मलोर्का पनि घरेलु टोली रियललाई स्तब्ध पार्दै अंक तालिका सुभार गर्ने लक्ष्यमा हुनेछ । रियललाई हराउन सके मलोर्काको तेस्रो स्थानमा उक्लने सम्भावना रहनेछ । त्यसका लासग सेभिया र भ्यालेन्सियाको नजिता हेर्नुपर्ने हुन्छ ।

टोलीसँग म्याथ्यु होप, जुनियर लागो, काङ इन लि, जोर्डी एमबोउला, इड्रिसु बाबा, जाउने कोस्टा, मार्टिन भाल्जेन्ट र गोलरक्षक मानोलो रेइना रहनेछन् । यस्तै ताकेफुसा कुवो, जोसेप गाया र एन्टेनियो सान्चेज पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ८ भेटमा रियल ६ खेलमा विजयी भएको छ । १ खेल बराबरीमा रोकिदा १ खेल मलोर्काले आफ्नो पक्षमा पारेको छ । सन् २०१९–२० को सिजनको दुई खेलमा दुवै टोलीले समान एक खेलमा जित निकालेको थियो ।

अन्य खेल
स्पान्योलविरुद्ध एलाभेस (राति ११ः१५ बजे)
सेभियाविरुद्ध भ्यालेन्सिया (राति ११ः१५ बजे)
भिल्लारियलविरुद्ध इल्चे राति १ः४५ बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.