default_image

3 years ago

September 24, 2021

साम्पडोरियालाई हराउँदै नेपोली शीर्षस्थानमा

एजेन्सी – साम्पडोरियामाथि सहज जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीमाथि ४–० को सहज जित दर्ता गरेको हो । साम्पडोरियाको मैदानमा बिहीबार राति भएको खेलमा नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा फावियन र पिओटर जिलेन्स्कीले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल […]

45 views

0 Bookmark

एजेन्सी – साम्पडोरियामाथि सहज जित निकाल्दै नेपोली इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले घरेलु टोलीमाथि ४–० को सहज जित दर्ता गरेको हो ।

साम्पडोरियाको मैदानमा बिहीबार राति भएको खेलमा नेपोलीको फराकिलो जितमा भिक्टर ओसिमहेनले दुई तथा फावियन र पिओटर जिलेन्स्कीले समान एक गोल गरे । पहिलो र दोस्रो हाफमा समान दुई गोल निस्किएको थियो ।

खेलको १०औं मिनेटमा लोरेन्जो इन्सिग्नेको पासमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा लोरेन्जोकै पासमा फावियनले गोल गरेपछि नेपोलीले पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो ।

५०औं मिनेटमा हिर्भिङ लोजानोको पासमा भिक्टर ओसिमहेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै नेपोलीलाई सहज जिततर्फ अघि बढाए । ५९औं मिनेटमा पिओटर जिलेन्स्कीले लोजानोकै पासमा गाल गर्दै नेपोलीलाई ४–० को फराकिलो जित दिलाए । घरेल टोली साम्पडोरियाले केही आक्रमण बुनेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा फराकिलो हार बेहोर्न पुग्यो ।

यो जितसँगै नेपोली ५ खेलमा शतप्रतिशत जित निकाल्दै १५ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । नेपोलीले दोस्रो र तेस्रो स्थानमा रहेको इन्टर मिलान र एसी मिलानलाई २ अंकले पछि पारेको छ । अपराजित नै रहेको इन्टर र एसी मिलानको समान १३ अंक छ । नेपोलीसँग पराजित साम्पडोरिया ५ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

अन्य नतिजा
टोरिनोविरुद्ध लाजियो (१–१)
रोमाविरुद्ध उडिनेस (–०)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.