default_image

3 years ago

September 25, 2021

मुलर र किम्मिखको गोलामा बायर्नको जित

एजेन्सी – जर्मन मिडफिल्डरद्धय थोमस मुलर र योसुवा किम्मिखको गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा घरेलु टोली ग्रिउथेर फर्थलाई सहजै पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो । बायर्नले एक गोल उपहार पाउँदा ग्रिउथेर फर्थका सेडरिक इट्टेनले एक गोल फर्काए । स्पोर्टपार्क रोनहोफ […]

22 views

0 Bookmark

एजेन्सी – जर्मन मिडफिल्डरद्धय थोमस मुलर र योसुवा किम्मिखको गोलमा बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा घरेलु टोली ग्रिउथेर फर्थलाई सहजै पराजित गरेको छ ।

१० खेलाडीमा समेटिएको बायर्नले घरेलु टोलीलाई ३–१ ले पराजित गरेको हो । बायर्नले एक गोल उपहार पाउँदा ग्रिउथेर फर्थका सेडरिक इट्टेनले एक गोल फर्काए । स्पोर्टपार्क रोनहोफ थोमस सोम्मेर फर्थमा शुक्रबार राति भएको खेलमा पाहुना टोली बायर्नले खेलको १०औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो ।

३१औं मिनेटमा योसुवा किम्मिखले लिरोए सानेको पासमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४८औं मिनेटमा बेन्जामिन पाभार्ड सिर्ध रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बायर्न १० खेलाडीमा सीमित बन्न पुग्दा दवावमा आएको थियो ।

तर ६८औं मिनेटमा सेवास्टिएन ग्रिसवेकले आत्मघाती गोल गरेपछि बायर्न सहज जिततर्फ अग्रसर बन्यो । निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी रहँदा सेडरिक इट्टेनले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याएपनि घरेलु टोलीको हार टार्न सकेन ।

यो जितसँगै अपराजित रहेको बायर्न ६ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । बायनैले एक खेल कम खेलेको वल्फ्सवगलाई ३ अंकले पछि पारेको छ । पराजित ग्रिउथेर फर्थ १ अंक जोडेर पुछारमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.