default_image

3 years ago

September 26, 2021

पीएसजीको १० अंकको अग्रता

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शत प्रतिशत जितलाई निरन्तरता दिदा शीर्षस्थानमा फराकिलो अग्रता लिन सफल भएको छ । लगातार आठौं जित निकाल्ने क्रममा पीएसजीले घरेलु मैदानमा मोन्टपेलिएरमाथि २–० को सहज जित निकालेको हो । पार्क डेस प्रिन्सेसमा पीएसजीको जितमा इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गरे । पहिलो र […]

48 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शत प्रतिशत जितलाई निरन्तरता दिदा शीर्षस्थानमा फराकिलो अग्रता लिन सफल भएको छ ।

लगातार आठौं जित निकाल्ने क्रममा पीएसजीले घरेलु मैदानमा मोन्टपेलिएरमाथि २–० को सहज जित निकालेको हो । पार्क डेस प्रिन्सेसमा पीएसजीको जितमा इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो ।

प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा इड्रिसा गाना गुआईको गोलमा पीएसजीले अग्रता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ४२औं मिनेटमा एन्डर हेरेराको प्रहार क्रसबारमा लागेर फर्कदा पीएसजी अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६७औं मिनेटमा अचरफ हाकिमीको पासमा केलियन एमबाप्पेले १८ यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ७१औं मिनेटमा एन्डर हेरेराको पासमा नेयमारको प्रहारले पनि पोस्टको दिशा लिन सकेन । ८८औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीको जित पक्का गरे । उनले नेयमारको पासमा गोल गर्न सफल भएका थिए ।

जितपछि पीएसजीको ८ खेलबाट २४ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ७ खेलबाट १४ अंक छ । जुन १० अंकले पछि हो । पराजित मोन्ट पेलिएर ९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

अन्य नजिता

सेन्ट इटिएनविरुद्ध निस (०–)

स्टार्सवर्गविरुद्ध लिल (१–)

लियोनविरुद्ध लोरिएन्ट (१–१)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.