default_image

3 years ago

September 26, 2021

फाती फर्किएको खेलमा बार्सिलोनाको सानदार जित

एजेन्सी – डच फरवार्डद्धय मेम्फिस डिपाए र लुक डि जोङसँगै १० महिनापछि मैदान फर्किएको अन्सु फातीको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ । घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गरेको हो । खेलको सातौ मिनेटमा डिपाएको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । मिरामोनको पासमा राडोजाले नियन्त्रणमा […]

47 views

0 Bookmark

एजेन्सी – डच फरवार्डद्धय मेम्फिस डिपाए र लुक डि जोङसँगै १० महिनापछि मैदान फर्किएको अन्सु फातीको गोलमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित निकालेको छ ।

घरेलु मैदान नोउ क्याम्पमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गरेको हो । खेलको सातौ मिनेटमा डिपाएको पेनाल्टी गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । मिरामोनको पासमा राडोजाले नियन्त्रणमा लिने प्रयास गर्दा भेट्न नसकेको बलमा डिपाएलाई फल गर्न पुगेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो । जसलाई डिपाएले चुकाएनन् ।

१४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए । २३औं मिनेटमा जेरार्ड पिकेले गोल गर्ने सुवर्ण अवसर खेर फाले । ३६औं मिनेटमा गाभिराको पासमा डिपाएको प्रहारलाई मिरामोनले क्लियर गर्दै अर्काे गोल टारे । ४३औं मिनेटमा डिपाएले अर्काे सुवर्ण अवसर खेर फाल्दा बार्सिलोनाले अग्रतालाई बढाउन सकेन ।

८३औं मिनेटमा पाब्लो मार्टिनेजको प्रहारलाई बार्सिलोनाका गोलरक्षक मार्क आन्दर टेर स्टेगनले बचाउँदा लेभोन्टेले गोल अन्तर कम गर्न सकेन ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट फरवार्ड अन्सु फातीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । फाती ८१औं मिनेटमा लुक डि जोङको स्थानमा मैदान छिरेका थिए । गत नोभेम्वरमा चोट बोकेयता उनले पहिलोपल्ट खेल्दै गोल गर्न सफल भएको हो ।

यो जितसँगै अपराजित रहेको बार्सिलोना ६ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । यद्दपि बार्सिलोनाले एक खेल कम खेलेको छ । पराजित लेभान्टे ४ अंक जोडेर १७औं स्थानमा छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.