default_image

3 years ago

September 30, 2021

बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेन्फिाकासँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली बेन्फिकासँग ३–० को लज्जास्पद हार बेहोरेको हो । बेन्फिकाको जितमा डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो । […]

84 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब बेन्फिाकासँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले घरेलु टोली बेन्फिकासँग ३–० को लज्जास्पद हार बेहोरेको हो ।

बेन्फिकाको जितमा डार्विन नुनेजले दुई तथा राफा सिल्भाले एक गोल गरे । बार्सिलोनाविरुद्ध बेन्फिकाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

लिसोवा बेन्फिकामा बुधबार राति भएको खेलमा घरेलु टोली बेन्फिकाले खेलको तेस्रो मिनेटमा नै डार्विन नुनेजको गोलबाट अग्रता लिएको थियो । उनले जुलियन वेगलको पासमा गोल गरेका थिए ।

सम्हालिन नपाउँदै गोल खाएपछि घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि बार्सिलोनाले फिनिसिङ गर्न चुक्दा उल्टै गोल खान पुग्यो । ६९औं मिनेटमा राफा सिल्भाले जोओ मारियोको पासमा गोल गर्दै बेन्फिकाको अग्रता दोब्बर पारे ।

७९औं मिनेटमा डार्विन नुनेजले पेनाल्टीमा गोल गर्दै बेन्फिकाको जित पक्का गरे । गिल्बर्टाेको प्रहारलाई पेनाल्टी बक्समा सर्जिनो डेस्टले हातले छोएको भन्दै रेफ्रीले भिएआरको सहयाता लिदै बेन्फिकालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा डार्विन चुकेनन् ।

निर्धारित समयको खेल सकिन तीन मिनेट बाँकी रहँदा एरिक गार्सिया दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोनाको जित टाढिएको थियो ।

बेन्फिकाले पहिलो जित निकालेको हो । बेन्फिका पहिलो खेलमा डिनामो किएभसँग गोलरहित बराबरी खेलेको थियो । च्याम्पियन्स लिगमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोनाले बायर्न म्युनिखसँग ३–० कै हार बेहोरेको थियो ।

यो जितसँगै बेन्फिका समूह ‘ई’ मा दुई खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ । दोस्रो जितसँगै बायर्न शीर्षस्थानमा रहँदा बेन्फिका १ अंक जोडेर तेस्रो स्थानमा छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.