default_image

3 years ago

October 3, 2021

‘श्रीलंकाका खेलाडीलाई रातो कार्ड दिलाउने रणनीति छ’ – प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा राति ९:४५ बजे हुनेछ । पहिलो खेलमा नै साविकको विजेता तथा आयोजक माल्दिभ्सलाई हराएर उत्साहित नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले पराजित […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सोमबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा राति ९:४५ बजे हुनेछ ।

पहिलो खेलमा नै साविकको विजेता तथा आयोजक माल्दिभ्सलाई हराएर उत्साहित नेपाल श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो । निर्धारित समयको खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका युवा स्टार मनिष डाँगीले निर्णायक गोल गरेका थिए ।

नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले श्रीलंकाविरुद्ध जितको लागि सचेत भएर खेल्ने बताएका छन् । खेल अघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक अल्मुताइरीले श्रीलंकाविरुद्धको खेल सहज नहुने र संयमित भएर खेल्ने बताएका हुन् ।

‘श्रीलंकाविरुद्धको खेल हाम्रो लागि सहज हुनेछैन । श्रीलंका बलियो र राम्रो टोली हो । हामी माल्दिभ्सविरुद्धको खेललाई बिर्सेर श्रीलंकाविरुद्ध खेल्नेछौं ।’ प्रशिक्षक अल्मुताइरीले भने, ‘उनीहरुले राम्रो खेलिरहेका छन् । हामीले तीन अंक बटुल्न सक्यौं भने पक्कै खुसी हुनेछौं । यसका लागि हाम्रा खेलाडीले ९० मिनेट कडा संघर्ष गरेर खेल्नुपर्नेछ ।’

‘हामीले श्रीलंका र बंगलादेशको खेल हेरेका छौं । श्रीलंकाले पेनाल्टीकै कारण मात्र हारेको थियो । रातो कार्ड पाएपछि पनि टोलीले दबाबमा खेलेन,’ उनले भने ।

प्रशिक्षक अलमुताइरीले श्रीलंका ट्याकलमा निकै एग्रेसिभ रहने भएकाले विपक्षी टोलीका एक खेलाडीलाई रातो कार्ड दिलाउने रणनीति रहने बताए । ‘श्रीलंका निकै एग्रेसिभ ट्याकल गर्छ । हामीले त्यसको फाइदा उठाउँदै विपक्षी खेलाडीलाई रातो कार्ड दिने रणनीति बुन्नेछौं । उनीहरुको एक खेलाडी कम भएपछि हामीलाई खेल्न सहज हुने अपेक्षा छ,’ उनले प्रष्ट पारे,’ पछिल्लो खेलमा पनि हामीले देखेका थियौं । भोली पनि हामी सकेसम्म्द धेरै बल राखेर उनीहरुलाई ट्याकल गर्न बाध्य बनाउनेछौं ।’

श्रीलंका वरीयतामा निकै पछि रहेपनि त्यसले खेलमा फरक नपर्ने प्रशिक्षक अलमुताइरीले बताए । उनले श्रीलंकाविरुद्ध खेल नेपालको लागि पहिलो खेल जस्तो हुने बताए । ‘हाम्रो लागि यो प्रतियोगिताको पहिलो खेल हो । हामीले पछिल्लो खेलको नतिजा बिर्सिसकेका छौं । श्रीलंकाविरुद्ध हामी जितका लागि खेल्छों । हाम्रो लागि यो फाइनल खेल सरह हो । हामीले यो जसरी पनि जित्नुपर्छ,’ उनले टुंग्याए ।

नेपाली टोलीका कप्तान किरण चेम्जोङले श्रीलंकाविरुद्धको खेल नेपाली फुटबल इतिहासमै पछिल्लो समयका खेलमध्ये सर्वाधिक महत्वपूर्ण हुने बताएका छन् । उनले नेपाल इतिहासकै सर्वाधिक महत्त्वपूर्ण खेलमा जित निकाल्ने योजना रहेको सुनाए । प्रशिक्षक अलमुताइरीको भनाइलाई साथ दिँदै किरणले पछिल्लो खेलको नतिजा बिर्सेर अघि बढ्ने बताए ।

यता पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको श्रीलंका नेपाललाई हराउँदै साफमा पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । श्रीलंकाली प्रशिक्षक आमिर एलगिचले आफ्नो टिमको लक्ष्य प्रतियोगितामा पूनरागमन गर्ने रहेको बताए ।

‘श्रीलंका पनि दक्षिण एसियाली फुटबलमा छौं भनेर देखाउनु छ । हामी पहिलो खेलमा पराजित भयौं । हाम्रो लक्ष्य नेपालविरुद्ध सकारात्मक नतिजा निकाल्ने नै हुनेछ,’ प्रशिक्षक एलगिचले भने ।

नेपाल र श्रीलंका सन् २०१६ पछि पहिलोपटक आमाने–सामाने हुन लागेका हुन् । सन् २०१६ मा भएको नेपालले श्रीलंकासँग १–० को जित निकालेको थियो । उक्त खेलमा विमल घर्तिमगरले गोल गरेका थिए । त्यसअघि साफ च्याम्पियनसिप २०१५ मा भने नेपाल श्रीलंकासँग अन्तिम समयमा गोल खाँदै १-० ले पराजित भएको थियो । समग्रमा नेपालले १७ खेलमा तीन जित निकालेको छ । ८ खेल बराबरी खेल्दा ६ खेलमा हार बेहोरेको छ ।

सोमबार नै अपरान्ह ४:४५ बजे बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश लगातार दोस्रो जितको खोजीमा रहँदा भारतले च्याम्पियनसिपमा पहिलो खेल खेल्दैछ । यस खेलले पनि प्रतियोगिताको फाइनल समीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.