default_image

3 years ago

October 4, 2021

शीर्षस्थानको बायर्न फ्रान्कफुर्टसँग स्तब्ध

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सिजनको पहिलो हार बेहोरेको छ । सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा बायर्नले घरेलु मैदानमा फ्रान्कफुर्टसँग २–१ ले स्तब्ध बनेको हो । एलिएन्ज एरिनामा आइतबार राति भएको खेलमा फ्रान्कफुर्टको जितमा मार्टिन हिनटेरेगेर र फिलिप कोस्टिकले गोल गरे । बायर्नका लियोन गोरेट्जकाले गरेको गोल सान्त्वना बन्यो । […]

36 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा रहेको बायर्न म्युनिखले सिजनको पहिलो हार बेहोरेको छ । सुरुवाती अग्रता लिनका बावजुत त्यसलाई जोगाउन नसक्दा बायर्नले घरेलु मैदानमा फ्रान्कफुर्टसँग २–१ ले स्तब्ध बनेको हो ।

एलिएन्ज एरिनामा आइतबार राति भएको खेलमा फ्रान्कफुर्टको जितमा मार्टिन हिनटेरेगेर र फिलिप कोस्टिकले गोल गरे । बायर्नका लियोन गोरेट्जकाले गरेको गोल सान्त्वना बन्यो । प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा लियोन गोरेट्जाको गोलबाट बायर्नले अग्रता लिएको थियो । उनले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गरेका थिए ।

३२औं मिनेटमा मार्टिन हिनटेरेगेरले गोल गर्दै खेललाई १–१ गोलका बराबरीमा ल्याए । बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर फिलिप कोस्टिकले गोल गर्दै फ्रान्कफुर्टको जित पक्का गरे । उनले डिजब्रिल सोको पासमा गोल गरे ।

हारपछि पनि बायर्न ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान १६ अंक नै रहेपनि बायर लिभरकुसन गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । फ्रान्कफुर्ट ८ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.