default_image

3 years ago

October 4, 2021

शीर्षस्थानको नेपोली र एसी मिलान अपराजित

36 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्ष दुईमा रहेका नेपोली र एसी मिलानले आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएका छन् । शीर्षस्थानमा रहेको नेपोलीेले घरेलु टोली फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै लगातार सातौ जित निकालेको हो ।

नेपोलीको जितमा हिर्भिङ लोजानो र एमिर रहमानीले गोल गरे । घरेलु टोलीका लुकास मार्टिनेजको गोल सान्त्वना बन्यो । खेलको २८औं मिनेटमा लुकास मार्टिनेजको गोलबाट फियोरेन्टिनाले अग्रता लिएपनि नेपोलीले पूनरागमन जित निकाल्न सफल भएको हो ।

३९औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टी चुकाएपनि सोही मिनेटमा हिर्भिङ लोजानोले गाल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ५०औं मिनेटमा एमिर रहमानीले गोल गर्दै नेपोलीलाई २–१ को जित दिलाए । जितपछि नेपोली ७ खेलबाट २१ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित फियोरेन्टिना १२ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा एसी मिलानले घरेलु टाली एटलान्टालाई ३–२ ले पराजित गरेको छ । मिलानको जितमा डाभिड कालाव्रिया, सान्द्रो टोनाली र राफयल लियोले गोल गरे । घरेलु टोलीका गुभान जापटा र मारियो पासालिसले गाल फर्काए ।

जितपछि अपराजित रहेको मिलान ७ खेलबाट १९ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित एटलान्टा ११ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

May 20, 2024

सोर्लाेथको चार गोलमा रियल म्याड्रिड रोकियो

एजेन्सी – नर्वेली फरवार्ड अलेक्जेन्डर सोर्लाेथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले यो सिजनको ला लिगाको च्याम्पियन बनिसकेको रियल म्याड्रिड बराबरीमा रोक्न सफल भएको छ । खेलमा आरामदायी अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा र सोर्लाेथ एक्लैले चार गोल गरेपछि रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग ४–४ गोलको बराबरीमा रोकिएको हो । गोलको वर्षा भएको खेलमा रियलका अर्दा […]

May 19, 2024

म्यानचेस्टर युनाइटेडलाई प्रिमियर लिगमा आठौं स्थान

एजेन्सी – म्यानचेस्टर युनाइटेडले २०२३/२४ इंग्लिश प्रिमियर लिग सिजनको अन्त्य आठौं स्थानमा रहँदै गरेको छ । सिजनभर राम्रो लय समात्न नसकेको युनाइटेडले लज्जास्पद सिजनको अन्त्य आठौं स्थानमा गरेको हो । लिग सिजनको अन्तिम खेलमा युनाइटेडले ब्राईटन विरुद्ध २-० को जित हासिल गर्यो । युनाइटेडको जितमा डियोगो डालोट र रास्मस होईल्याण्डले एक-एक गोल गरे । युनाइटेडले […]

May 19, 2024

क्लोपको लिभरपुल कार्यकालको सुखद अन्त्य

एजेन्सी – प्रशिक्षक जोर्गेन क्लोपको अन्तिम खेलमा लिभरपुलले सुखद नतिजा प्राप्त गरेको छ । ९ वर्ष पछि लिभरपुलबाट विदा हुन लागेका क्लोपको अन्तिम खेलमा लिभरपुलले वल्भस विरुद्ध २-० को जित दर्ता गरेको हो । लिभरपुलको जितमा एलेक्सिस मक यालिस्टर र ज्यारेल क्वान्साहले १-१ गोल गरे । लिभरपुलले तेस्रो स्थानमा रहँदै लिग सिजनको अन्त्य गरेको छ […]

Success

Thank you for your time.