default_image

3 years ago

October 5, 2021

‘सर्वाधिक गोलकर्ता बन्न मिहिनेत गर्नेछु’ – अन्जन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दा विंगर अन्जन विष्ट प्लेयर अफ द म्याच बने । अन्जनसँगै सुमन लामा र आयुष घलानले १-१ गोल गरेपछि नेपाल ३-२ को जित दर्ता गर्न सफल भयो । राष्ट्रिय टोलीबाट अन्जनको यो छैटौं गोल हो । सन् २०१९ मा […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत दोस्रो खेलमा श्रीलंकालाई पराजित गर्दा विंगर अन्जन विष्ट प्लेयर अफ द म्याच बने ।

अन्जनसँगै सुमन लामा र आयुष घलानले १-१ गोल गरेपछि नेपाल ३-२ को जित दर्ता गर्न सफल भयो । राष्ट्रिय टोलीबाट अन्जनको यो छैटौं गोल हो । सन् २०१९ मा चाइनिज ताइपेइविरुद्ध २ गोल गर्दै राष्ट्रिय टोलीमा गोलको खाता खोलेका उनले त्यसयता प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा ४ गोल गरिसकेका छन् ।

श्रीलंकाविरुद्ध जितपछि बोल्दै उनले प्रशिक्षकको विश्वासका लागि धन्यवाद व्यक्त गरे । ‘म सबै खेलाडी सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यवाद दिन चाहन्छु । मुख्य कुरा प्रशिक्षकले मलाई विश्वास गर्नुभएकोमा आभारी छु । प्रशिक्षकले भन्नुभएको जस्तै प्रतियोगिता अझै बाँकी छ । हामी अन्त्यसम्म पनि लड्नेछौं,’ उनले भने ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन । उक्त कीर्तिमान तोड्न सक्नेबारे के लाग्छ भन्ने प्रश्नमा अन्जनले आफू सक्दो मिहिनेत गर्ने बताए ।

‘कीर्तिमान राख्ने सपना त भइहाल्छ । अहिलेसम्म पनि १३ गोलमा नै अड्किएको छ । मुख्य कुरा भनेको हाम्रो नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने सोच छ । तर अहिले प्रशिक्षकले जसले पनि गोल हान्न सक्छ भन्ने विश्वास गर्नुभएको छ,’ उनले थपे, ‘आज पनि मिडफिल्डरले गोल हानेको छ । मेरो पनि चाहना छ कि त्यो रेकर्ड तोड्ने । अझै मिहिनेत गर्नेछु र आशा गरौं त्यो रेकर्ड तोड्न सक्नेछु ।’

राष्ट्रिय टोलीबाट सन् २०१४ मा डेब्यु गरेका अन्जनले अधिकांश समय मिडफिल्डमा नै खेले । पछिल्लो समय भने उनले केहि आक्रामक भूमिका पाएका छन् । त्यसैले पनि अलमुताइरीको आगमनसँगै अन्जनले राष्ट्रिय टोलीबाट ४ गोल थपेका छन् । उनले इराक, चाइनिज ताइपेइ, भारत र श्रीलंकाविरुद्ध पछिल्लो केहि महिनाको अन्तरमा गोल गरेका हुन् ।

यो पनि : ‘प्रदर्शन होइन, नतिजा महत्त्वपूर्ण’ – प्रशिक्षक अलमुताइरी

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.