default_image

3 years ago

October 5, 2021

प्रशिक्षक रेनिएरीले वाट्फोर्ड सम्हाल्ने

एजेन्सी – इटालियन प्रशिक्षक क्लाउडियो रेनिएरी इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डको प्रशिक्षकमा नियुक्त भएका छन् । तत्कालिन प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गरेको एक दिनपछि वाट्फोर्डले नयाँ प्रशिक्षकको रुपमा रेनिएरीलाई सार्वजनिक गरेको हो । ६९ वर्षीय रेनिएरीले गत सिजनको अन्त्यसँगै इटालियन क्लब साम्पडोरियासँगको सम्झौता नविकरण नगरी खाली बसेका थिए । चेल्सी, लेस्टर सिटी र फुलहमका प्रशिक्षक […]

47 views

0 Bookmark

एजेन्सी – इटालियन प्रशिक्षक क्लाउडियो रेनिएरी इंग्लिस प्रिमियर लिग क्लब वाट्फोर्डको प्रशिक्षकमा नियुक्त भएका छन् । तत्कालिन प्रशिक्षक सिस्को मुनोजलाई बर्खास्त गरेको एक दिनपछि वाट्फोर्डले नयाँ प्रशिक्षकको रुपमा रेनिएरीलाई सार्वजनिक गरेको हो ।

६९ वर्षीय रेनिएरीले गत सिजनको अन्त्यसँगै इटालियन क्लब साम्पडोरियासँगको सम्झौता नविकरण नगरी खाली बसेका थिए । चेल्सी, लेस्टर सिटी र फुलहमका प्रशिक्षक रहिसकेका रेनिएरीको लागि प्रशिक्षकको रुपमा वाट्फोर्ड प्रिमियर लिगको चौथो क्लब हुनेछ ।

मुनोज यो सिजन प्रिमियर लिगबाट बर्खास्त हुने पहिलो प्रशिक्षक बनेका थिए । उनको प्रशिक्षणमा वाट्फोर्डले यो सिजन ७ खेल खेल्दा ३ जित र ४ हारको सामना गरेको छ । लेस्टरलाई सन् २०१६–१७ को सिजनमा प्रिमियर लिग च्याम्पियन बनाएपछि उनी चर्चामा आएका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.