default_image

3 years ago

October 6, 2021

साफ च्याम्पियनसिप २०२१ : कस्तो छ समिकरण?

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा राउन्ड रोविन लिगमा १० खेल हुनेछन् । आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको च्याम्पियनसिपमा अहिले सम्म जम्मा ४ खेल भएका छन् । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । अहिले नै कुन कुन टोलीले फाइनल खेल्नेछन् भन्ने अहिले भन्न सकिने अवस्था छैन । […]

69 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा राउन्ड रोविन लिगमा १० खेल हुनेछन् । आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको च्याम्पियनसिपमा अहिले सम्म जम्मा ४ खेल भएका छन् । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

अहिले नै कुन कुन टोलीले फाइनल खेल्नेछन् भन्ने अहिले भन्न सकिने अवस्था छैन । तर पनि ४ खेलबाट सबैभन्दा सहज अवस्थामा भने नेपाल रहेको छ । १३ औं संस्करणमा आइपुग्दा पहिलो र यसपटक बाहेक सधै दुई समूहबीच लिग कम नकआउट पछि सेमिफाइनल हुने गर्थो । अघिल्ला १२ संस्करणमा नेपाल ५ पटक मात्र सेमिफाइनल पुग्न सफल भएको थियो भने कहिल्यै फाइनल पुग्न सकेको छैन ।

नेपालले यसपटक अहिले सम्मकै सबैभन्दा दमदार सुरुवात गरेको छ । सन् १९९३ मा सुरु भएको साफ च्याम्पिनसिपमा नेपालले लगातार सुरुवाती दुई खेल जितेको यसै पटक हो । त्यसअर्थ नेपाल उच्च फर्ममा छ । सुरुवाती २ खेलबाट शतप्रतिशत निकाल्दै नेपाल झन्डै तीन दशक लामो इतिहास भएको साफ च्याम्पियनसिपको फाइनल पुग्ने बलियो सम्भावना बनाएको छ । यद्दपी बाँकी २ खेलमा टोलीको नतिजा कस्तो रहन्छ त्यसमा अन्तिम दुईको यात्रा तय हुनेछ ।

सहभागी ५ टोलीमा नेपाल, श्रीलंका र बंगलादेशले समान २ खेल खेलेका छन् । भारत र माल्दिभ्सले समान १ खेल खेलेका छन् । नेपालले २ खेल जित्दै शीर्षस्थानमा छ । बंगलादेशले १ जित र १ खेलमा बराबरी गर्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंकाले दुवै खेल गुमाइसकेको छ । भारतले पहिलो खेलबाट १ अंक मात्र जोडेको छ भने माल्दिभ्स पहिलो खेलमा नेपाल १–० ले पराजित भएको थियो । त्यसअर्थ श्रीलंकासँग भारत र माल्दिभ्समाथि आउने खेल जित्नै पर्ने दबाब छ ।

सधै गोलका लागि संघर्ष गर्दै आएको नेपालले यसअघि भन्दा गोल गर्नमा पनि अगाडि देखिएको छ । २ खेलमा ४ गोल गर्दा ४ खेलाडीले गोल गरेका छन् । जसमा २ खेलाडीले पहिलो पटक गोल गरे । मनीष डाँगीको गोलमा माल्दिभ्सविरुद्ध जित निकालेको नेपालका लागि श्रीलंकालाई ३–२ ले हराउँदा सुमन लामा, अन्जन विष्ट र आयुष घलानले गोल गरे ।

अन्जन टोलीका अनुभवी र नियमित सदस्य हुन् । उनले राष्ट्रिय टोलीका लागि ६ गोल गरिसकेका छन् । सुमन र आयुषले भने पहिलो पटक गोल गरेका हुन् । त्यसअर्थ नेपाली टोलीमा गोल गर्ने खेलाडीको संख्या पनि बढ्दो । त्यसले गोलका लागि सिमत खेलाडीमा निर्भर हुने यसअघिको नेपाली टोलीको बाध्यतालाई तोडेको छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सके सम्म बढी भन्दा बढी खेलाडीलाई मौका दिने गरेका छन् । त्यो रणनीतिमा उनी सफल पनि देखिएका छन् । नेपाल फाइनल पुगेको अवस्था उनी साफ च्याम्पियनसिपमा नेपाली टोली हेर्ने प्रशिक्षक मध्येका सफल प्रशिक्षक बन्नेछन् । चैतमा टोली सम्हालेदेखि नै उनले साफ च्याम्पियनसिप जित्नु मुख्य लक्ष्य बताउँदै आएका छन् । उनको नेतृत्वमा नेपालले ८ खेल खेलिसकेको छ । जसमा नेपालले ३ जित, १ बराबर र ४ खेलमा हार बेहोरेको छ ।

साफ च्याम्पियनसिप तिर फर्कदा बिहीबार २ खेल हुँदैछन् । नेपाली टोलीको भोली खेल छैन । पहिलो खेलमा भारत र श्रीलंका तथा दोस्रो खेल माल्दिभ्स र बंगलादेशबीच हुनेछ । ती दुई खेल फाइनल यात्राको तस्बिर केहि प्रष्ट पार्न सक्छ । असोज २४ गते नेपालसँग खेल्नुअघि श्रीलंकालाई हराएर भारत उच्च मनोबलका साथ उत्रने दाउमा पक्कै हुनेछ ।

श्रीलंकासँग पराजित भए वा बराबरीमा रोकिएको अवस्थामा साफको सर्वाधिक सफल ७ पटकको विजेता भारतको फाइनल यात्रा कठीन बन्न सक्छ । त्यसअर्थ भारतका लागि त्यो खेल निकै महत्वपूर्ण हुनेछ । त्यसो त श्रीलंकाले च्याम्पियनसिपमा अगाडिको यात्रा जीवित राख्न जित्ने पर्ने अवस्था छ । अर्को खेलमा माल्दिभ्समाथि बढी दबाब रहेको छ । बंगलादेशसँग पराजित भए वा बराबरीले टोलीको फाइनलको सम्भावना कमजोर हुनेछ । बंगलादेश पनि नेपालसँग असोज २७ गते खेल्नुअघि खातामा ७ अंक पुर्याउने प्रयासमा हुनेनैछ ।

साफ च्याम्पियनसिपको अंक तालिका

साफ च्याम्पिनयसिपको नतिजा र खेल तालिका

असोज १५ गते

श्रीलंका ० बंगलादेश १

नेपाल १ माल्दिभ्स ०

असोज १८ गते

बंगलादेश १ भारत १

श्रीलंका २ नेपाल ३

असोज २१ गते

भारतविरुद्ध श्रीलंका

माल्दिभ्सविरुद्ध बंगलादेश

असोज २४ गते

माल्दिभ्सविरुद्ध श्रीलंका

नेपालविरुद्ध भारत

असोज २७ गते

बंगलादेशविरुद्ध नेपाल

भारतविरुद्ध माल्दिभ्स

फाइनल असोज ३० गते

समूह विजेता र उपविजेता

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.