default_image

3 years ago

October 11, 2021

शीर्षस्थानको नेपाललाई फाइनल पुग्न १ अंक आवश्यक

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्षस्थानमा रहेको नेपाललाई फाइनल पुग्न अब अन्तिम खेलमा बंगलादेशविरुद्ध अंक जोडे पुग्छ ।

भारतसँग तेस्रो खेलमा आइतबार हारका बाबजुद नेपाल ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ । समान ३ खेलमा ६ अंक बोकेको माल्दिभ्स नेपालसँग हेड टु हेड नतिजाका कारण दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा ३ खेलमा ५ अंक जोडेको भारत तथा चौथो स्थानमा ३ खेलमा ४ अंक जोडेको बंगलादेश छ । ४ खेलमा १ अंक जोड्दै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ ।

अन्तिम चरणको खेलमा अब बुधबार दिउँसो ४:४५ बजे नेपालले बंगलादेशसँग खेल्नेछ । सोही दिन रातको ९:४५ बजे माल्दिभ्स र भारत भिड्नेछन् । नेपाललाई लिग चरणको अन्तिम खेलमा आफ्नो खेलको नतिजाले नै फाइनल यात्राको निर्णय हुनेछ । त्यस्तै बंगलादेशको पनि आफ्नै नतिजाले फाइनल यात्राबारे निर्णय हुनेछ । अर्को खेलमा माल्दिभ्स र भारतबीच पनि जित्ने टोलीले फाइनलमा प्रवेश गर्नेछ ।

एक हिसाबले अन्तिम चरणका दुवै खेल सेमिफाइनलजस्तै हुनेछ, जित्ने टोली फाइनल प्रवेश गर्ने र हार्ने टोली बाहिरिने । माल्दिभ्स र नेपाललाई भने बराबरी गरेपनि फाइनल पुग्ने समीकरण रहेको छ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग बराबरी वा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ । यता बंगलादेशलाई फाइनल खेल्न जितको विकल्प छैन ।

भारतलाई पनि फाइनल खेल्नका लागि माल्दिभ्सलाई पराजित गर्नुपर्ने समीकरण छ । माल्दिभ्सले भने बराबरी वा जितले फाइनल यात्रा तय गर्नेछ । नेपालले फाइनल पुगे उपाधिका लागि भारत वा माल्दिभ्समध्य एक टोलीसँग खेल्नेछ ।

साफ च्याम्पिनयसिपको नतिजा र खेल तालिका

असोज १५ गते

श्रीलंका ० बंगलादेश १

नेपाल १ माल्दिभ्स ०

असोज १८ गते

बंगलादेश १ भारत १

श्रीलंका २ नेपाल ३

असोज २१ गते

भारत ० श्रीलंका ०

माल्दिभ्स २ बंगलादेश ०

असोज २४ गते

माल्दिभ्स १-० श्रीलंका

नेपाल ०-१ भारत

असोज २७ गते

बंगलादेशविरुद्ध नेपाल

भारतविरुद्ध माल्दिभ्स

फाइनल असोज ३० गते

समूह विजेता र उपविजेता

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

May 16, 2024

चेल्सीको ब्राईटनविरुद्ध जित

एजेन्सी – इंग्लिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा चेल्सी विजयी भएको छ । दश जनामा सिमित चेल्सीको ब्राईटन माथि २-१ को जित दर्ता गरेको हो । खेलको ३४औं मिनेटमा कोल पालमरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । मार्क कुकुरेलाको क्रसमा उत्कृष्ट हेडर प्रहार गर्दै पालमरले चेल्सीलाई सुरुवाती अग्रता दिलाए । ६५आज मिन्टमा क्रिस्टोफर […]

Success

Thank you for your time.