default_image

3 years ago

October 12, 2021

डिपाए चम्कदा नेदरल्यान्ड्सको सानदार जित

152 views

0 Bookmark

एजेन्सी – फरवार्ड मेम्फिस डिपाएले दुई गोलसँगै दुई असिस्ट दिएपछि नेदरल्यान्ड्सले फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा सानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ६–० को फराकिलो जित आत्मसात गरेको हो । नेदरल्यान्ड्सको फराकिलो जितमा डिपाएले दुई गोल गर्दा भर्जिल भान डाइक, डेन्जेल डेम्फ्रेज, अर्नाउट डानजुमा र डोनियल मालेनले समान एक गोल गरे । गोलको वर्षा भएको खेलमा डच टोलीले पहिलो र दोस्रो हाफमा समान तीन गोल गरेको थियो ।

स्टेडियम फेइजेनोर्ड रोटरडाममा सोमबार राति भएको खेलको नवौं मिनेटमा भर्जिल भान डाइकको गोलबाट डच टोलीले अग्रता लिएको थियो । उनले मेम्फिस डिपाएको पासमा गोल गरेका थिए । १९औं मिनेटमा डिपाएले पेनाल्टी चुकाउँदा नेदरल्यान्ड अग्रता दोब्बर पार्नबाट चुक्यो । डि भिरिजको कर्नरबाट आएको बललाई ग्राइमी टोरिल्लाले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले भिएआरको सहायता लिदै डच टोलीलाई पेनाल्टी प्रदान गरेको थियो ।

पेनाल्टी चुकाएपनि २१औं मिनेटमा डिपाएले डाभी क्लासेनको पासमा गोल गर्दै डच टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा डिपाएले गोल गर्दै ड टोलीलाई पहिलो हाफमा ३–० को आरामदायी अग्रता बनाए ।

४८औं मिनेटम डेन्जेल डेम्फ्रेजले गोल गर्दै नेदरल्यान्ड्सलाई फराकिलो जिततर्फ अग्रसर गराए । उनले नोआ लाङको पासलाई सदुपयोग गरेका थिए । ७५औं मिनेटमा वैकल्पिक खेलाडी अर्नाउट डानजुमाले अर्काे सब्सिच्युट वोआउट वेगह्रस्टको पासमा गोल गर्दै डच टोलीलाई ५–० ले अघि बढाए ।

८६औं मिनेटमा अर्काे सब्सिच्युट डोनीयल मालेनले गोल गर्दै डच टोलीलाई ६–० को फराकिलो जित दिलाए । ७८औं मिनेटमा नोआ लाङको स्थानमा मैदान छिरेका मालेनले डिपाएको पासमा गोल गर्न सफल भएका थिए ।

यो जितसँगै समूह ‘जी’ मा नेदरल्यान्ड्स ८ खेलबाट १९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित जिब्राल्टार अंकविहीन हुदै पुछारमा छ ।यही समूहको अर्काे खेलमा टर्कीले लात्भियालाई २–१ ले तथा नर्वेले मोन्टेनग्रोलाई २–० ले पराजित गरेको छ ।

यो नतिजापछि नर्वे १७ अंक जोडेर दोस्रो तथा १५ अंकसहित टर्की तेस्रो स्थानमा छ । मोन्टेनेग्रो ११ अंक जोडेर चौथो स्थानमा रहँदा लात्भिया ५ अंक जोडेर पाँचौ स्थानमा छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.