default_image

3 years ago

October 12, 2021

किन अनुपस्थित रहे प्रशिक्षक अलमुताइरी र कप्तान किरण?

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । तर खेलको अघिल्लो दिन हुने नियमित पत्रकार सम्मेलन (प्रि-म्याच कन्फरेन्स) मा नेपाली टोलीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ उपस्थित थिए । त्यस्तै कप्तान किरण चेम्जोङको स्थानमा पनि गोलरक्षक विशाल श्रेष्ठ उपस्थित रहेका थिए । पत्रकार […]

48 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । तर खेलको अघिल्लो दिन हुने नियमित पत्रकार सम्मेलन (प्रि-म्याच कन्फरेन्स) मा नेपाली टोलीबाट मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ उपस्थित थिए ।

त्यस्तै कप्तान किरण चेम्जोङको स्थानमा पनि गोलरक्षक विशाल श्रेष्ठ उपस्थित रहेका थिए । पत्रकार सम्मेलनको समय र नेपालको प्रशिक्षणको समय जुधेपछि प्रशिक्षक अलमुताइरी र कप्तान किरण अनुपस्थित रहेका थिए । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक दिउँसो खेल खेल्दैछ । बुधबार बंगलादेशविरुद्ध दिउँसो ४:४५ बजे खेल हुनेछ । त्यसैले टोलीले वातावरणसँग अभ्यस्त हुन दिउँसो नै प्रशिक्षण राखेको थियो ।

टोलीको प्रशिक्षणमा सहभागी हुनु परेपछि नेपालको तर्फबाट सहायक प्रशिक्षक र दोस्रो रोजाइका गोलरक्षक विशाल श्रेष्ठ पत्रकार सम्मेलनमा उपस्थित रहेका थिए । प्रतियोगिता स्थल मालेमा २:३० बजे पत्रकार सम्मेलन हुँदा नेपाली टोली भने ३ बजेबाट बान्दोस टापुमा प्रशिक्षण गर्ने कार्यक्रम थियो । पछिल्लो समय प्रशिक्षक अलमुताइरी खेलअघि र खेलपछि दिने अभिव्यक्तिका कारण चर्चामा आउने गरेका छन् ।

उनको अनुपस्थितिमा सहायक प्रशिक्षक श्रेष्ठले टोलीको तयारीबारे बोलेका थिए । प्रशिक्षक श्रेष्ठ लिगको अन्तिम खेलका लागि तयार रहेको बताए । ‘बंगलादेशसँग खेल्न टोली तयार छ । टिमले राम्रो प्रदर्शन गर्दै फाइनलमा पुग्न सफल हुने अपेक्षा गरेका छौं । यो खेल एकदम प्रतिस्पर्धात्मक हुनेछ । खेल हाम्रा लागि महत्त्वपूर्ण छ र राम्रो नतिजाका लागि खेल्नेछौ,’ उनले भने ।

‘हामी स्कोर गर्नका लागि नै खेल्नेछौं । हामी कुनै किसिमको दबावमा छैनौं । बरु बंगलादेशलाई भने जित्नुपर्ने दबाव रहेको छ,’ बराबरी भएको खण्डमा फाइनलमा पुग्ने जनाउँदै उनले भने, ‘नेपालसँग दबाव लिएर खेल्ने क्षमता छ । हामीहरु तयार छौ । हामी मानसिक रुपमापनि तयार छौ, जित्नका लागि नै खेल्नेछौ ।’

नेपालले प्रतियोगितामा सबै खेल रातमा खेल्दै आएको थियो । बंगलादेशविरुद्ध भने पहिलो पटक

दिउँसो खेल्दैछ । यता बंगलादेशले भने दिउँसोको समयमा खेलेको छ । प्रशिक्षक श्रेष्ठले मौसमले पनि असर गर्नसक्ने बताए । ‘दिउँसो खेल्दा खेलाडीको प्रदर्शनमा असर पर्ने सम्भावना छ । तर हामीले खेल्नैपर्छ र त्यसका लागि तयार रहेका छौ । बंगलादेशी टिमले थ्री नेशन्स कप खेल्दा र अहिलेको टिममा धेरै फरक रहेको छ । टिमको रणनीति पनि फरक रहेकाले बंगलादेशले सरप्राइज दिनसक्ने सम्भावना रहन्छ,’ उनले भने ।

गोलरक्षक विशालले पनि टोलीमा एकदम राम्रो वातावारण रहेको बताए । ‘ हाम्रो लागि इतिहास रच्न राम्रो अवसरको रुपमा रहेको छ । हामी सबै यसलाई सकारात्मक रुपमा लिएका छौं । यो पाली नगरे कहिले भन्ने सोचका साथ अघि बढेका छौं । भोली मैदानमा त्यसै अनुसार प्रस्तुत हुनेछौं,’ उनले भने ।

प्रतियोगितामा सबै खेल कठिन रहेको विशालले बताए । ‘ साफ च्याम्पियनसिपमा कुनै खेल सहज छैन । हरेक खेल कठिन नै हुन्छ । हरेक अंक महत्त्वपूर्ण हुन्छ । त्यसैले हामी विपक्षीलाई सम्मान दिएर खेल्छौं । हामी शत प्रतिशत मिहिनेत गर्नेछौं,’ उनले थपे ।

यो पनि : साफ च्याम्पियनसिप : नेपालसहित चारै टोलीलाई फाइनल पुग्ने अवसर

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.