default_image

3 years ago

October 13, 2021

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

52 views

0 Bookmark

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ए को खेलमा लक्जेम्बर्गमाथि फराकिलो जित दर्ता गरेको छ । रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीसहित तीन गोल गर्दा पोर्चुगल ५-० ले विजयी भएको हो ।

रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दो पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए । १७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले बर्नार्डो सिल्भाको पासमा गोल गरेका थिए । ६९ औं मिनेटमा जोआओ पाल्हिन्हाले अग्रता बढाएका थिए । खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले हेडरमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा दशौं ह्याट्रिक पूरा गर्दा व्यावसायिक करिअरको ५८ औं ह्याट्रिक प्रहार गरे । उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय १५ पुर्याएका छन् । उनले गत साता मात्र इरानका अली दाइले राखेको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए ।

यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ । पोर्चुगलले अब आयरल्यान्डसँग खेलेपछि अन्तिम खेलमा सर्बियाको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली सिधै विश्वकपको लागि छनोट हुनेछ । दोस्रो स्थानमा रहने टोलीले भने अर्को छनोट चरण पार गर्नुपर्ने हुन्छ ।

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.