default_image

3 years ago

October 13, 2021

नेपाल साफको इतिहासमै पहिलोपटक फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो । नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली इतिहासमै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार माल्दिभ्समा जारी प्रतियोगिताको अन्तिम लिग खेलमा बंगलादेशसँग १-१ को बराबरीमा रोकिएपछि नेपालले फाइनलमा स्थान पक्का गरको हो ।

नेपालले ४ खेलमा ७ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो । पहिलो खेलमा आयोजक तथा साविक विजेता माल्दिभ्सलाई १-० ले पराजित गरेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई हराएको थियो । तेस्रो खेलमा भारतसँग १-० को हार बेहोरेपनि नेपालले अन्तिम खेलमा आफू अनुकुल बराबरीको नतिजा निकाल्दै फाइनलमा स्थान बनायो ।

नेपाल यसअघि ५ पटक सेमिफाइनलमा पुगेर फाइनल पुग्नबाट बन्चित भएको थियो । पछिल्लो पटक सन् २०१८ मा नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघि सन् २०१३ र २०११ मा अफगानिस्तानले नेपाललाई सेमिफाइनलमा हराएको थियो ।

सन् १९९५ मा श्रीलंकासँग हारेको नेपाल सन् १९९९ मा भने बंगलादेशसँग पराजित भएको थियो । समग्रमा साफमा नेपालको इतिहास यसप्रकार छ :

यो पनि : नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

साफ च्याम्पियनसिप नेपालको प्रदर्शन

४२ खेल – १३ जित, ७ बराबरी र २२ हार (दुई अतिरिक्त समयमा)

सन् १९९३, पाकिस्तान

पाकिस्तानविरुद्ध नेपाल (१–१)

श्रीलंकाविरुद्ध नेपाल (०–०)

भारतविरुद्ध नेपाल (१–०)

सन् १९९५, श्रीलंका

नेपालविरुद्ध बंगलदेश (०–२)

नेपालविरुद्ध पाकिस्तान (२–०)

सेमिफाइनल – श्रीलंकाविरुद्ध नेपाल (२–१) अतिरिक्त समय

सन् १९९७,नेपाल

नेपालविरुद्ध पाकिस्तान (०–२)

नेपालविरुद्ध श्रीलंका (१–३)

सन् १९९९, भारत

श्रीलंकाविरुद्ध नेपाल (२–३) नरेश जोशीको ह्याट्रिक

नेपालविरुद्ध माल्दिभ्स (२–३)

सेमिफाइनल – बंगलादेशविरुद्ध नेपाल (२–१)

तेस्रो स्थान – माल्दिभ्सविरुद्ध नेपाल (२–०)

सन् २००३, बंगलादेश

बंगलादेशविरुद्ध नेपाल (१–०)

नेपालविरुद्ध भुटान (२–०)

नेपालविरुद्ध माल्दिभ्स (२–३)

सन् २००५, पाकिस्तान

भारतविरुद्ध नेपाल (२–१)

बंगलादेशविरुद्ध नेपाल (२–०)

नेपालविरुद्ध भुटान (३–१)

सन् २००८ माल्दिभ्स/श्रीलंका

भारतविरुद्ध नेपाल (४–०)

माल्दिभ्सविरुद्ध नेपाल (४–१)

पाकिस्तानविरुद्ध नेपाल (१–४)

सन् २००९, बंगलादेश

माल्दिभ्सविरुद्ध नेपाल (१–१)

भारतविरुद्ध नेपाल (१–०)

अफगानिस्तानविरुद्ध नेपाल (०–३)

सन् २०११, भारत

माल्दिभ्सविरुद्ध नेपाल (१–१)

नेपालविरुद्ध बंगलादेश (१–०)

पाकिस्तानविरुद्ध नेपाल (१–१)

सेमिफाइनल – अफगानिस्तानविरुद्ध नेपाल (१–०) अतिरिक्त समय

सन् २०१३, नेपाल

नेपालविरुद्ध बंगलादेश (२–०)

पास्कितानविरुद्ध नेपाल (१–१)

भारतविरुद्ध नेपाल (१–२)

सेमिफाइनल – नेपालविरुद्ध अफगानिस्तान (०–१)

सन् २०१५, भारत

नेपालविरुद्ध श्रीलंका (०–१)

भारतविरुद्ध नेपाल (४–१)

सन् २०१८, बंगलादेश

नेपालविरुद्ध पाकिस्तान (१–२)

नेपालविरुद्ध भुटान (४–१

बंगलादेशविरुद्ध नेपाल (०–२)

सेमिफाइनल – नेपालविरुद्ध माल्दिभ्स (०–३)

सन् २०२१, माल्दिभ्स

नेपालविरुद्ध माल्दिभ्स (१-०)

नेपालविरुद्ध श्रीलंका (३-२)

भारतविरुद्ध नेपाल (०-१)

नेपालविरुद्ध बंगलादेश (१-१)

फाइनल : नेपालविरुद्ध (भारत/माल्दिभ्स)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.