default_image

3 years ago

October 13, 2021

अन्जनले फाइनल खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल्न नपाउने भएका छन् । नेपालले शनिबार प्रतियोगिताको फाइनल खेल्दा अन्जन टोलीमा नहुने भएका हुन् । बंगलादेशविरुद्ध बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जनले खेलमा पहेंलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल्न नपाउने भएका छन् ।

नेपालले शनिबार प्रतियोगिताको फाइनल खेल्दा अन्जन टोलीमा नहुने भएका हुन् । बंगलादेशविरुद्ध बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जनले खेलमा पहेंलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड भएका कारण उनले अर्को खेल गुमाउने भएका हुन् । अब नेपालको लागि अर्को खेल फाइनल भएकाले नै उनी उपस्थित नहुने भएका हुन् ।

अन्जनले यसअघि भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका थिए । बंगलादेशविरुद्ध उनले खेलको ४४ औं मिनेटमा कार्ड पाएका थिए । क्रसमा आएको बललाई हातले हान्न खोजेपछि रेफ्रीले उनलाई पहेंलो कार्ड दिएका थिए । खेलको ८६ औं मिनेटमा अन्जनलाई नै पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । त्यसै पेनाल्टीलाई गोलमा परिणत गर्दै उनले फाइनल यात्रा पक्का गरेका थिए ।

अन्जन पछिल्लो समय नेपाली टोलीको मुख्य खेलाडीका रुपमा अघि आएका छन् । अलमुताइरीको आगमनसँगै उनले थप आक्रामक भूमिका निर्वाह गर्दै आएका छन् । जारी प्रतियोगितामा पनि अन्जनले नेपालका लागि सर्वाधिक २ गोल गरेका छन् । श्रीलंकाविरुद्ध ३-२ को जितमा पनि उनले गोल गरेका थिए ।

अन्जनले हालसम्म राष्ट्रिय टोलीका लागि ७ गोल गरेका छन् । उनले अलमुताइरी आएपछि मात्र १० खेलमा ५ गोल गरिसकेका छन् । अन्जनको अनुपस्थितिले फाइनलमा नेपाललाई पक्कै घाटा पुग्नेछ ।

अन्जनले गत साता श्रीलंकाविरुद्ध जितपछि बोल्दै उनले प्रशिक्षकको विश्वासका लागि धन्यवाद व्यक्त गरेका थिए । ‘म सबै खेलाडी सहकर्मी, प्रशिक्षक र समर्थकलाई धन्यवाद दिन चाहन्छु । मुख्य कुरा प्रशिक्षकले मलाई विश्वास गर्नुभएकोमा आभारी छु । प्रशिक्षकले भन्नुभएको जस्तै प्रतियोगिता अझै बाँकी छ । हामी अन्त्यसम्म पनि लड्नेछौं,’ उनले भनेका थिए ।

नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान १३ गोल छ । हरि खड्का र निराजन रायमाझीको नाममा रहेको यो कीर्तिमान तोड्न कसैले सकेको छैन । उक्त कीर्तिमान तोड्न सक्नेबारे के लाग्छ भन्ने प्रश्नमा अन्जनले आफू सक्दो मिहिनेत गर्ने बताएका थिए ।

‘कीर्तिमान राख्ने सपना त भइहाल्छ । अहिलेसम्म पनि १३ गोलमा नै अड्किएको छ । मुख्य कुरा भनेको हाम्रो नेपालमा फरवार्डले मात्र गोल हान्नुपर्छ भन्ने सोच छ । तर अहिले प्रशिक्षकले जसले पनि गोल हान्न सक्छ भन्ने विश्वास गर्नुभएको छ,’ उनले थपे, ‘आज पनि मिडफिल्डरले गोल हानेको छ । मेरो पनि चाहना छ कि त्यो रेकर्ड तोड्ने । अझै मिहिनेत गर्नेछु र आशा गरौं त्यो रेकर्ड तोड्न सक्नेछु ।’

यो पनि : प्रशिक्षक अलमुताइरीले फाइनल पुगेपछि यसो भने

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.