default_image

3 years ago

October 19, 2021

बार्सिलोनामा अगुएरोको डेब्यू

68 views

0 Bookmark

एजेन्सी – लामो पखाई पछि सर्जियो अगुएरोले डेब्यू गरेको खेलमा फिलिपे काउटिन्होले झण्डै एक वर्षपछि पहिलो गोल निकाल्न सफल हुँदा बार्सिलोनाले ला लिगामा विजय हासिल गरेको छ । काउटिन्होले आइतबार खेलको अन्त्यतिर गोल गरेपछि बार्सिलोनाले भ्यालेन्सियालाई ३–१ ले हराएको थियो ।

सिजनको सुरुवातमा म्यानचेस्टर सिटीबाट बार्सिलोना पुगेका अगुएरो चोटका कारण मैदान बाहिर रहँदै आएका थिए । खेल सकिन ३ मिनेट बाँकी रहँदा अगुएरोले बार्सिलोनाबाट डेब्यू गरेका थिए । त्यसअघि नै कोउटिन्होसहितको गोलमा बार्सिलोनाले जित पक्का गरिसकेको थियो । उनले पोष्टको नजिकबाट गोल गरेका थिए ।

त्यसअघि पहिलो हाफमै आन्सु फातीले १३ औं मिनेटमा बराबरी र मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अघि बढाएका थिए ।खेल सुरु भएको पाँचौं मिनेटमै जोसे गायाको गोलमा भ्यालेन्सियाले अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन सकेन । चोटमुक्त भएर फर्केपछि पहिलो पटक सुरुवाती ११ मा परेका फातीले एजबाट बराबरी गोल गरेका थिए । उनलाई नै विपक्षी खेलाडीले फाउल गरेपछि प्राप्त पेनाल्टीमा डिपाएले गोल गरे ।

भ्यालेन्सियाका लागि बराबरीका लागि प्रयास गरिरहँदा काउटिन्होले गोल गरेपछि बार्सिलोनाको जित निश्चित भएको थियो । गत नोभेम्बर यता काउटिन्होको त्यो पहिलो गोल थियो । त्यति बेला ओसासुनलाई ४–० ले हराउँदा उनले गोल गरेका थिए । जितपछि १५ अंकका साथ बार्सिलोना सातौं स्थानमा उक्लेको छ । शीर्षस्थानको रियल सोसिडाडभन्दा टोलीले ५ अंकले पछाडि छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.