default_image

3 years ago

October 19, 2021

रियलले शाख्तरसँग खेल्दै

111 views

0 Bookmark

एजेन्सी– रियल म्याड्रिडले च्याम्पियनन्स लिगको समूह चरणको खेलमा मंगलबार शाख्तर डोनेस्कको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको १२:४५ बजे सुरु हुनेछ ।

अक्टुबर ३ मा इस्पानोयलसँग पराजित भएयता कार्लो एन्सेलोटीको टोलीले कुनै खेल खेलेको छैन । आइतबारका लागि एथलेटिक क्लबसँगको खेल स्थगित भएको थियो । एन्सेलोटीका लागि सुखद खबरका रुपमा इडन हाजार्ड प्रशिक्षणमा फर्केका छन् । फ्रान्सविरुद्ध द नेसन्स लिग खेल्दा बेल्जियमका कप्तान समेत रहेका हाजार्ड घाइते भउका थिए ।

चेल्सीका पूर्व खेलाडीले टोलीमा नभई एक्लै अभ्यास गरेका हुन् । त्यसैले उनी अझै केहि खेलमा टोलीका साथ हुने सम्भावना कम छ । डानी कार्भाजालले पनि एक्लै अभ्यास गरे भने डानी सेबालोस, इस्को र ग्यारेथ बेलले केहि समय जिममा बिताएका छन् ।

शाख्तरले च्याम्पियन्स लिगको पछिल्लो दुवै भिडन्तमा रियललाई पराजित गरेको थियो । गत सिजन रियलको मैदानमा ३-२ को जित दर्ता गरेको शाख्तरले घरेलु मैदानमा २-० को जित हासील गरेको थियो । यसपटक भने दुवै टोली फरक स्थितिमा छन् । रियलको २ खेलमा ३ अंक छ भने शाख्तरको १ अंक मात्र छ । समूहको शीर्षस्थानमा शेरिफले ६ अंक जोड्दा तेस्रो स्थानको इन्टरको १ अंक छ ।

ला लिगामा ८ खेलमा रियलले ५ जित २ बराबर र १ हारका साथ १७ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा छ । १ खेल बढी खेलेको शीर्षस्थानको रियल सोसिडाडको २० अंक छ । रियलसँग समान अंक भएका सेभिल्ला तेस्रो, साविक विजेता एट्लेटिको म्याड्रिड चौथो र ओसासुना पाँचौं स्थानमा छ ।

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

May 16, 2024

म्यानचेस्टर युनाइटेडलाई सफलता

एजेन्सी – म्यानचेस्टर युनाइटेड बुधबार इंग्लिस प्रिमियर लिगमा विजयी भएको छ । युनाइटेडले न्युक्यासललाई ३ –२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितका लागि कोबी माइनो, अमद डेल्लो र रसमस हजलण्डले समान १ गोलल गरे । न्युक्यासलका एन्टोनी गोर्डन र लेविस हलले गोल गरे । माइनोको गोलमा युनाइटेडले ३१ औं मिनेटमा अग्रता लियो । गोर्डनले […]

Success

Thank you for your time.