default_image

3 years ago

October 19, 2021

यू २३ फुटबल टोली ताजिकिस्तानतर्फ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । ताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् । झन्डै एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । उनले कमजोर तयारी भएपनि टोलीले राम्रो […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय युवा फुटबल टोली ताजिकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोटमा प्रतिस्पर्धा गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । ताजिकिस्तान जाने ३५ सदस्यीय टोलीमा २३ खेलाडी र १२ अफिसियल छन् ।

झन्डै एक महिनाको प्रशिक्षणपछि प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय टोलीको घोषणा गरेका थिए । उनले कमजोर तयारी भएपनि टोलीले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन् । ‘हाम्रा प्रतिद्वन्द्वी एसियाली फुटबल नभएर युरोपेली स्तरका छन् । हामीले सकेसम्म राम्रो फुटबल खेल्ने हो । समूह विजेता बन्ने भन्दा पनि खेल अनुसार आफूलाई प्रस्तुत गर्नेछौं,’ उनले भने ।

माल्दिभ्सको मालेमा शनिबार सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको सिनियर टोलीका ६ खेलाडी युवा टोलीमा रहेका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरु नितिन थापा, सुरज जिउ ठकुरी , आयुष घलान र फरवार्ड मनिष डाँगी टोलीमा समेटिएका छन् ।

महर्जनले राष्ट्रिय टोलीका खेलाडीले हालसम्म टोलीसँग प्रशिक्षण नगरेकाले केहि समस्या रहने बताए । उनले थपे ‘राष्ट्रिय टोलीका ६ खेलाडी छन् । तर उनीहरुले टोलीसँग प्रशिक्षण गरेका छैनन् । सिनियर टोलीबाट खेलिसकेका हुनाले स्तरमा शंका गर्ने ठाउँ छैन । तर टोलीको समिकरण हेरेर अघि बढ्नेछौं ।

नेपालले प्रतियोगिताको तयारीस्वरुप ताजिकिस्तानमै एक मैत्रीपूर्ण खेल पनि खेल्दैछ । उक्त खेलले टोली छनोटका लागि सहज हुने महर्जनले बताए । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । छनोटमा समूह ‘बी’ मा नेपालले ताजिकिस्तानसँगै इरान र लेवनानसँग खेल्नेछ । नेपालले कार्तिक ८ गते इरान, कात्तिक ११ गते ताजिकिस्तान र लेबनानसँग कात्तिक १४ गते प्रतिस्पर्धा गर्नेछ ।

एएफसीले प्रतियोगिताको छनोटमा सहभागी ४१ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । पूर्वका १९ र पश्चिम क्षेत्रका २३ गरेर ३ वा ४ टोलीसहितको ११ समूह निर्धारण गरिएको हो । समूह के बाट उत्तर कोरियाले नाम फिर्ता लिएपछि उक्त समुहमा तीन टोली छन् । त्यस्तै समूह एफमा पनि चीन र ब्रुनाईले नाम फिर्ता लिएका छन् । प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ । छनोट चरणका खेल भने २०२१ अक्टोबरमा हुँदैछ ।

नेपालले हालसम्म एएफसीको यू–२३ एसियन कप प्रतियोगिताको छनोट चरण पार गर्न सकेको छैन । पछिल्लो दुई संस्करणमा नेपाली टोली जितविहिन हुँदै छनोटबाट घर फर्केको थियो । दुवै संस्करणमा नेपालले गोल गर्न सकेको थिएन । प्रतियोगिताको पाँचौ संस्करणमा आइपुग्दा इराक, जापान, उज्बेकिस्तान र दक्षिण कोरियाले १–१ पटक उपाधि जितेका छन् । साविक विजेता दक्षिण कोरिया सन् २०१६ मा उपविजेता समेत रहेको थियो । गत संस्करणमा पराजित साउदी अरेबिया भने २०१३ मा भएको पहिलो संस्करणमा पनि फाइनलमा हारेको थियो ।

२३ सदस्यीय टोली

गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दिप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यु ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्वे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनिष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिक कुमार खड्का

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.