default_image

3 years ago

October 22, 2021

लियोनको रोमाञ्चक पूनरागमन जित

एजेन्सी – फ्रान्सेली क्लब लियोनले युरोपा लिगमा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । १० खेलाडीमा समेटिएको लियोनले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पार्टा प्राहामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो । स्पार्टा प्राहाको मैदानमा लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । घरेलु टोलीका […]

52 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब लियोनले युरोपा लिगमा रोमाञ्चक पूनरागमन जित दर्ता गरेको छ । १० खेलाडीमा समेटिएको लियोनले दुई गोलले पछि परेको स्थिति उल्ट्याउँदै स्पार्टा प्राहामाथि ४–३ को रोमाञ्चक जित निकालेको हो ।

स्पार्टा प्राहाको मैदानमा लियोनको जितमा कार्ल टोको इकम्वीले दुई तथा होउसिम एउअर र लुकास पाक्वेटाले समान एक गोल गरे । घरेलु टोलीका लुकास हरसलिनले दुई तथा लाडिस्लाभ क्रेजसिले एक गोल गरे ।

प्राहा चेक रिपब्लिकमा बिहीबार राति भएको खेलको चौथो मिनेटमा नै लुकास हरसलिनको गोलबाट घरेलु टोलीले सुरुवाती अग्रता लिएको थियो । १९औं मिनेटमा लुकास हरसलिनले अर्काे गोल थप्दै स्पार्टा प्राहाको अग्रता दोब्बर पारे ।

४२औं मिनेटमा कार्ल टोको इकम्वीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ५३औं मिनेटमा होउसिम एउअरले गोल गर्दै लियोनलाई खेलमा २–२ गोलको बराबरीमा ल्याए । ६७औं मिनेटमा लुकास पाक्वेटाले गोल गर्दै लियोनलाई पहिलोपटक खेलमा ३–२ ले अघि बढाए ।

७४औं मिनेटमा लियोन १० खेलाडीमा सेमटिन पुग्यो । मालो गुट्सो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८८औं मिनेटमा कार्ल टोको इकम्वीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै लियोनलाई जिततर्फ अघि बढाए ।

इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा लाडिस्लाभले गोल गर्दै खेललाई ४–३ को अवस्थामा ल्याएपनि हार टार्न सकेन । यो जितसँगै लियोन समूह ‘ए’ मा ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । पराजित स्पार्टा प्राहा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा स्कटिस क्लब रेन्जर्सले डेनिस क्लब ब्रोन्डवि आइएफमाथि २–० को सहज जित निकालेको छ । रेन्जर्सको जितमा सलयोन बालुगुन र केमार रुफीले गोल गरे ।

समूह चरणमा पहिलो जित निकालेको रेन्जर्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित ब्रोन्डवि १ अंक जोडेर पुछारमा रहेको छ ।

April 28, 2024

बायर लिभकुसन अझै अपराजित

एजेन्सी – यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको […]

April 28, 2024

पिएसजीको नाटकीय बराबरी

एजेन्सी – उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा रेलिगेसन क्षेत्रमा संघर्षरत ले हार्भेसँग नाटकीय बराबरी खेल्दै हार टारेको छ । खेलको अन्त्यतिर दुई गोल गर्दै ले हार्भेसँग ३–३ गोलको बराबरी खेल्दै पिएसजीले हार टारेको हो । ले हार्भेका क्रिस्टोफेर ओपेरी, आन्द्रे एयु र अब्दुलाए टाउरेले गोल गरे । पिएसजीका ब्राड्ले […]

April 28, 2024

केनको कीर्तिमान

एजेन्सी – इंग्लिस फरवार्ड ह्यारी केनको कीर्तिमानी दुई गोलमा बायर्न म्युनिखले आइनट्राक्ट फ्रान्कफुर्टलाई पराजित गरेको छ । बायर्नले फ्रान्कफुर्टलाई २–१ ले पराजित गरेको हो । फ्रान्कफुर्ट विरुद्धको जितमा दुई गोल गरेसँगै केनले एक सिजनमा सर्वाधिक गोल गर्ने नयाँ व्यक्तिगत कीर्तिमान बनाएका छन् । ३० वर्षिय केनले बायर्नमा डेब्यु सिजनकाे सबै प्रतियोगितामा ४२ गोल गरिसकेका छन् […]

Success

Thank you for your time.