default_image

3 years ago

October 27, 2021

गैंडाकोट, गोदावरी र धनगढीको जित

काठमाडौं (हाम्रो खेलकुद) – गैंडाकोट नगरपालिका, गोदावरी नगरपालिका कैलाली र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट २०७८ अन्तर्गत बुधबारको खेलमा जित दर्ता गरेका छन् । दिनको पहिलो खेलमा गैंडाकोटले समूह एफको खेलमा हेटौंडा उपमहानगरपालिकालाई १-० ले पराजित गर्यो । हेतौन्दाको जितमा एकमात्र गोल ऋतु तामाङले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् । यस […]

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गैंडाकोट नगरपालिका, गोदावरी नगरपालिका कैलाली र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट २०७८ अन्तर्गत बुधबारको खेलमा जित दर्ता गरेका छन् ।

दिनको पहिलो खेलमा गैंडाकोटले समूह एफको खेलमा हेटौंडा उपमहानगरपालिकालाई १-० ले पराजित गर्यो । हेतौन्दाको जितमा एकमात्र गोल ऋतु तामाङले खेलको ५६ औं मिनेटमा गरेकी थिइन् । यस समूहमा अब तुलसीपुर नगरपालिकाले हेटौंडा र गैंडाकोटसँग खेल्नेछ ।

दिनको दोस्रो खेलमा समूह जी अन्तर्गत गोदावरी नगरपालिका कैलालीले पोखरा महानगरपालिकालाई ६-० ले पराजित गर्यो । गोदावरीको जितमा सबै ६ गोल विभागीय खेलाडीले गरेका थिए । शर्मिला थापाले ह्याट्रिक पूरा गर्दा विमला चौधरीले २ तथा हेमा चौधरीले १ गोल गरिन् । यस समूहमा वीरेन्द्रनगर नगरपालिका पनि रहेको छ ।

दिनको अन्तिम खेलमा समूह एचको धनगढी उपमहानगरपालिकाले धनकुटा नगरपालिकामाथि ५-० को जित दर्ता गर्यो । धनगढीको जितमा रेखा पौडेलले ह्याट्रिक पूरा गर्दा चन्द्रा भण्डारी र सिमा रावलले १-१ गोल गरे । यस समूहमा अर्को टोली गोकर्णेश्वर नगरपालिका रहेको छ ।

प्रतियोगिताको समूह ए देखि डीसम्मका खेल सम्पन्न भइसकेका छन् । कन्काई नगरपालिका झापा, ललितपुर उपमहानगरपालिका, बाँसगढी नगरपालिका बर्दिया र शिबसताक्षी नगरपालिका झापाले नकआउट चरणमा स्थान बनाएका छन् । कुल ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार प्राप्त गर्नेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.