default_image

3 years ago

October 28, 2021

एनआरटी र अर्थोप्लास्टबीच सम्झौता

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन क्लब न्यु रोड टिम (एनआरटी) ले नयाँ सिजनमा फिजियोथेरापी सेवाका लागि अर्थोप्लास्ट रिह्याबिलिटेसन सेन्टरसँग सम्झौता गरेको छ ।

विहीबार एक कार्यक्रमबीच एनआरटीका टिम व्यवस्थापक सुरेन्द्र श्रेष्ठ र अर्थोप्लास्टका मेडिकल डाइरेक्टर सुरज भुषालले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार अर्थोप्लास्टले लिग अवधिभर फिजियोथेरापी सेवा प्रदान गर्नेछ । अर्थोप्लास्टका फिजियो सौगात श्रेष्ठ टोलीको फिजियोको रुपमा रहनेछन् । श्रेष्ठले गत महिना सम्पन्न एभरेस्ट प्रिमियर लिगमा पनि च्याम्पियन टोली चितवन टाइगर्समा जिम्मेवारी निर्वाह गरेका थिए ।

अर्थोप्लास्टका डाइरेक्टर भुषाल आफैं पनि ए डिभिजन लिगको साविक विजेता मच्छिन्द्र क्लबसँग आबद्ध छन् । अर्थोप्लास्टले महिला भलिबलको च्याम्पियन होंगान्जी न्यु डायमन्डसँग पनि सहकार्य गर्दै आएको छ । फिजियो उज्ज्वल डोटेल न्यु डायमन्डसँगै महिला राष्ट्रिय भलिबल टोलीको फिजियोको रुपमा पनि नियुक्त भएका थिए ।

पछिल्लो समय क्लबहरुले खेलाडीको स्वास्थ्यलाई ध्यानमा राख्दै फिजियो राख्दै आएका छन् । एएफसीको क्लब लाइसेन्सिङको मापदण्ड अनुसार हरेक टोलीले फिजियो अनिवार्य रुपमा राख्नुपर्ने प्रावधान रहेको छ ।

ललितपुरको ग्वार्कोमा अवस्थित अर्थोप्लास्ट पछिल्लो समय खेलकर्मीमाझ रोजाइमा पर्दै आएको छ । खेलसँग सम्बन्धित विशेषज्ञ फिजियोथेरापिस्ट भएकाले पनि खेलाडीहरु यहाँ आउने गरेका छन् । अर्थोप्लास्टले खेलकुदका लागि बेग्लै विभाग नै स्थापना गरेको छ ।

May 17, 2024

रोनाल्डो बने सर्वाधिक कमाउने खेलाडी

एजेन्सी – पोर्चुगिज भेट्रान फुटबल स्टार क्रिस्टियानो रोनाल्डो बेलायती म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका छन् । उनी आफ्नो करिअरमा चौथोपटक म्यागजिन ‘फोर्ब्स’ को सबैभन्दा धेरै कमाउने खेलाडीको सुचीमा शीर्षस्थानमा पुगेका हुन् ।गत वर्ष साउदी अरेबियाको अल नासर गएपछि रोनाल्डो यो सुचीको शीर्षस्थानमा थिए । यसवर्ष पनि उनी शीर्षस्थानमा रहेका हुन् […]

May 17, 2024

बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस युवा विंगर फर्मिन लोपेजको दुई गोल मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगामा सहज जित दर्ता गरेको छ । बार्सिलोनाले रेलिगेसनमा परिसकेको घरेलु टोली अल्मेरियामाथि २–० को सहज जित दर्ता गरेको हो । फर्मिनले दुवै हाफमा गोल गर्दै बार्सिलोनालाई जित दिलाए । अल्मेरियामा बिहीबार राति भएको खेलको १४औं मिनेटमा पहिलो गोल गरेका लोपेजले ६७औं […]

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

Success

Thank you for your time.