default_image

3 years ago

October 30, 2021

दबाबमा रोनाल्डो र युनाइटेड

56 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा लयमा फर्कन संघर्षरत छ । त्यस्तै टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डो पनि लिगमा गोलका लागि संघर्ष गरिरहेका छन् । रियल म्याड्रिड छाडेयता पहिलो पटक भेट्रान फरवार्डले लिगमा लामो समय गोल गर्न असफल भएका छन् ।

रोनाल्डोले प्रिमियर लिगमा एस्टन भिल्ला, एभर्टन, लेस्टर सिटी र लिभरपुलविरुद्ध गरि लगातार ४ खेल खेले । उनी चारै खेलमा गोल गर्न चुके । पछिल्लो पटक सन् २०१७/१८ को सिजनमा रियलबाट खेल्दा पनि उनले ला लिगाको म्याच डे ९ देखि १३ सम्म गोल गर्न सकेका थिएनन् ।
युभेन्ट्समा भने उनी लगातार लामो समय गोल विहिन थिएनन् ।

झण्डै दशक भन्दा लामो समय यता उनी लगातार ४ खेल भन्दा बढी गोल विहिन भने भएका छ्रनन् । लिगमा लिभरपुलविरुद्धको लज्जास्पद हारमा रोनाल्डोले शक्तिशाली प्रहारमार्फत गोल गरे पनि त्यो अफसाइड भएको थियो । गोलको खडेरी तोड्नका लागि रोनाल्डो माथि दबाब छ भने लिगको उपाधि दौडमा फर्कनका लागि शनिबार टोटेनहमविरुद्ध हुने खेलमा युनाइटेडमाथि पनि जित्नै पर्ने दबाब छ ।

रोनाल्डो पहिलो पटक म्यानचेस्टर युनाइटेडमा रहँदा भने ९ खेल सम्म गोल विहिन रहेको इतिहास पनि छन् । २००८/०९ को सिजनमा उनले म्याड डे १४ देखि २२ सम्म गोल गर्न सकेका थिएनन् । यद्दपी त्यो सिजन १८ गोलका साथ उनी नै लिगको सर्वाधिक गोलकर्ता बनेका थिए ।

अर्कोतर्फ च्याम्पियन्स लिगमा भने रोनाल्डोले लगातार गोल गरिरहेका छन् । समूह चरणका हरेक खेलमा उनले गोल गरेका छन् । योङ ब्वाइजविरुद्ध पहिलो गोल गरेका उनले भिल्ला रियल र एट्लान्टाविरुद्ध पनि निर्णायक गोल गरेका थिए । जसका कारण टोली च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने बलियो सम्भावना बनेको छ ।

लिगमा रोनाल्डोले ४ खेलमा गोल गर्न सकेका छैनन् भने युनाइटेडले पनि पछिल्लो चार खेलमा जित निकाल्न सकेको छैन । लिगको अंक तालिकामा १५ अंकसहित टोटनहम छैटौं र १४ अंकका साथ युनाइटेड सातौं स्थानमा छ । यि दुई टोलीको खेल आज नेपाली समय अनुसार राती १०ः१५ बजे सुरु हुनेछ ।

May 13, 2024

च्याम्पियन पिएसजीको हार

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) किलियन एमबाप्पेको गोलका बाबजुद पराजित भएको छ। फ्रान्सेली च्याम्पियन पिएसजी आइतबार टुलुजसँग ३-१ गोलले पराजित भएको हो । पिएसजी छोड्ने घोषणा गरिसकेका एमबाप्पेले खेलको आठौं मिनेटमा गोल गरेका थिए। तर टुलुजका थिज्स डलिङ्गाबाट १३ औं मिनेटमा बराबरी गोल फर्काए । यान गोबोहोको गोलबाट टुलुजले ६८ औं मिनेटमा अग्रता लिएको […]

May 12, 2024

आर्सनल पुनः प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुनः उक्लिएको छ । युनाइटेडको घरेलु मैदानमा आइतबार भएको खेलमा आर्सनलले १-० को जित दर्ता गर्दै तालिकाको शीर्षस्थानमा उक्लिन सफल भएको हो । आर्सनलको जितमा लियान्द्रो ट्रोसार्डले २०औं मिनेटमा खेलको एकमात्र गोल गरे । काई हाभेर्ट्जको पासमा ट्रोसार्डले बक्स भित्रबाट गोल गरेका थिए । सोही […]

May 12, 2024

सानेपाको खालीबारीविरुद्ध जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सो डिभिजन लिग अन्तर्गत सातौं चरणको अन्तिम खेलमा सानेपा क्लबले खालीबारी युथ एफसी विरुद्ध जित दर्ता गरेको छ । सानेपाले खालीबारी विरुद्ध १-० को जित दर्ता गरेको हो । सानेपाको जितमा पेम्बा दोर्जे लामाले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । सि डिभिजनमा मंगलबार देखि आठौ चरणका खेलहरू […]

Success

Thank you for your time.