default_image

2 years ago

October 31, 2021

रारा फुटबल क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा

बेलबारी (हाम्रो खेलकुद) – रारा फुटबल क्लब राजारानी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा आइतबार भएको चौथो क्वाटरफाइनलमा रारा फुटबल क्लबले घरेलु टोली डागीहाट युथ क्लब लक्ष्मीमार्ग मोरङलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । रारा फुटबल क्लबको जितमा ग्लोरी र योगेश […]

40 views

0 Bookmark

बेलबारी (हाम्रो खेलकुद) – रारा फुटबल क्लब राजारानी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगितामा आइतबार भएको चौथो क्वाटरफाइनलमा रारा फुटबल क्लबले घरेलु टोली डागीहाट युथ क्लब लक्ष्मीमार्ग मोरङलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

रारा फुटबल क्लबको जितमा ग्लोरी र योगेश गुरुङले गोल गरेका गरे । खेलको दशौं मिनेटमा ग्लोरीले गोल गर्दै रारा फुटबल क्लबलाई अग्रता दिएका थिए । घरेलु टोली डागिहाट युथ क्लबका सन्तोष न्यौपाउनेले ३० औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा पुर्याएका थिए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफको अन्त्य तिर ८१ औं मिनेटमा योगेशले गोल गर्दै रारालाई जित दिलाएका थिए ।

खेलको प्लेयर अफ द म्याच राजारानीका बुद्ध चेमजोङ्ग चुनिए । ८ टोलीको सहभागितामा जारी प्रतियोगितामा ३ ए डिभिजन टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । ए डिभिजन लिगको तयारीमा रहेका टोलीमध्ये हिमालयन र शुक्रबार अर्को टोली एपिएफ पनि बेलबारी गोल्डकपको सेमिफाइनलमा पुगेको थियो । अर्को ए डिभिजन टोली च्यासल युथ क्लब भने पहिलो खेलमै पराजित भएको थियो । पहिलो सेमिफाइनलमा सोमबार हिमालयन शेर्पाले रोलिङ्ग क्लब धुलाबारी झापाबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको फाइनलको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार, विधागत उत्कृष्ट खेलाडीले समान ११ हजार तथा हरेक खेलको म्यान अफ दी म्याचले ५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ । फाइनल कात्तिक १७ मा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.