default_image

7 years ago

November 15, 2016

नेपाललाई एतिहासिक सफलता, सोलिडारिटी कप फाइनलमा मकाउमाथि १–० को जित

कुचिङ (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङमा आज भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको हो । पहिलो हाफमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालाई एतिहासिक सफलता दिलाउन पर्याप्त रह्यो । नेपाली फुटबल कै इतिहासमा पहिलो पटक […]

26 views

0 Bookmark

कुचिङ (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिताको उपाधि जितेको छ ।

Nepali wins soladirity cup

मलेसियाको कुचिङमा आज भएको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको हो । पहिलो हाफमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालाई एतिहासिक सफलता दिलाउन पर्याप्त रह्यो । नेपाली फुटबल कै इतिहासमा पहिलो पटक एएफसीको आधिकारिक प्रतियोगिताका फाइनल पुगकै प्रतियोगितामा नेपाल उपाधि जित्न सफल भएको छ ।

२९ औं मिनेटमा भरत खवासले दायाँबाट दिएको क्रसलाई सुजलले हेडमार्फत सेकेन्ड बारमा गोल गरेका थिए । सुजलको त्यो दोस्रो अन्तर्राष्ट्रिय गोल हो । यसअघि विश्वकप छनोटमा लिमोर लिस्टेलाई ५–० ले हराउँदा सुजलले एक गोल गरेका थिए । मकाउविरुद्ध सुजलले गरेको नेपालका लागि १६ औं गोल हो । पानी जमेको मैदानमा नेपालले खेल नियन्त्रणमा राखेर पनि थप गोल भने गर्न सकेन । सुजलको गोलअघि नै नेपालले खाता गोल्ने अवसर पाएपनि सफल भएन । १५ औं मिनेटमा भरतकौ प्रहार पोस्ट नजिकबाट बाहिरियो भने २८ औं मिनेटमा अन्जन विष्टले पेनाल्टी बक्सको बाहिरबाट गरेको शसक्त प्रहारलाई विपक्षी गोलपिकरले पन्च गर्दै जोगाएका थिए । ६० औं मिनेटमा विमल घर्तीमगरको फ्रिकिकमा भरतको हेड पोस्ट टाढाबाट बाहिरायो भने ६८ औं मिनेटमा विमलको प्रहार पोस्ट नजिकबाट गयो । त्यस्तै ७३ औं मिनेटमा विमलको फितलो प्रहारलाई विपक्षी गोलकिपरले रोके । यो जितसँगै मकाउसँगको जितको सिलसिलाले निरन्तरता पाएको छ । मकाउविरुद्ध नेपाल अपराजित रहेको यो चौथो खेल हो ।

अहिले सम्मका ६ खेमला नेपालले ४ जित, १ बराबर र एक खेलमा मात्र हार बेहोरेको छ । नेपालको अन्तर्राष्ट्रिय खेलमा अपराजित खेलसँग आठ पुगेको छ । १४ महिनाको बीचमा नेपालले ४ वटा प्रतियोगिता जितेको छ । गत बर्ष भदौंमा साफ यू १९ च्याम्पियन बनेको नेपालले फागुनमा दक्षिण एसियाली खेलकुद (साग) को यू २३ मा स्वर्ण पदक जितेको थियो । त्यसअघि माघमा बंगलादेशमा भएको बंगबन्धु गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपालले अहिले सम्म दक्षिण एसियाली खेलकुद (साफ) मा दुई पटक स्वर्ण जितेको थियो ।

पछिल्लो पटक नेपालले साफ सन् १९९३मा जितेको थियो । क्षेत्रिय स्तरका सबै खाले प्रतियोगिता जितेको नेपालको सिनियर टोलीको यो अहिले सम्मकै ठूलो सफmलता हो । यद्दपी, यो सोलिडारिटी कप विश्वकप २०१८ को छनोट र एसियन कप २०१९ को छनोट चरण अन्तर्गत पहिलो र दोस्रो चरणबाट बाहिरिने टोलीका लागि एएफसीले आयोजना गरेको पहिलो प्रतियोगिता हो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.