default_image

2 years ago

November 8, 2021

लिभरपुल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा लिभरपुल फुटबल क्लबलाई पराजित गरेको छ । लिभरपुल ३-२ ले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमायो । लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो । खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले […]

34 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा वेस्ट ह्याम युनाइटेडले घरेलु मैदानमा लिभरपुल फुटबल क्लबलाई पराजित गरेको छ । लिभरपुल ३-२ ले पराजित हुँदा शीर्षस्थानको चेल्सी सँग अंकको दुरी घटाउने अवसर गुमायो । लिभरपुलको लागि यो सिजनको पहिलो हार पनि हो ।

खेलको चौथो मिनेटमा नै गोलरक्षक एलिसन बेकरको आत्मघाती गोलमा वेस्ट ह्यामले अग्रता लिएको थियो । पाब्लो फोर्नाल्सको कर्नर बचाउने एलिसनको प्रयास सिधै पोस्टभित्र छिरेको थियो । पहिलो हाफकै ४१ औं मिनेटमा लिभरपुल बराबरी गोल फर्काउन सफल रहयो । ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सुन्दर गोल गर्दै लिभरपुललाई खेलमा फर्काए ।

दोस्रो हाफको ६७ औं मिनेटमा फोर्नाल्सले गोल गर्दै अग्रता पुन: स्थापना गरे । उनले काउन्टर अट्याकमा जेरोड बोवेनको पासलाई गोलमा परिणत गरेका थिए । त्यसको ७ मिनेटपछि बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गर्दै वेस्टह्यामको अग्रता दोब्बर पारे ।

खेलको ७ मिनेट बाँकी रहँदा डिभोक ओरिगीले गोल गर्दै लिभरपुल खेलमा फर्कने संकेत दिए । इन्ज्युरी समयमा साडियो मानेले सुवर्ण अवसर खेर फालेपछि लिभरपुल हार बेहोर्न बाध्य भयो ।

यस जितसँगै वेस्ट ह्याम लिभरपुललाई उछिन्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले ११ खेलमा ७ जित, २ बराबर र २ हारसहित २३ अंक जोडेको छ । लिभरपुलले २२ अंक जोड्ने क्रममा ६ जित, ४ बराबरी र १ हारको नतिजा निकालेको छ । शीर्षस्थानको चेल्सीको २६ अंक छ ।

April 29, 2024

मानेभन्ज्याङ आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोडधरान एफसीमाथि सहज जित निकाल्दै पाहुना टोली भारतको मानेभन्ज्याङ एफसी झापाको बुधबारेमा जारी तेस्रो आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । मानेभन्ज्याङले धरान एफसीमाथि सोमबार ५–१ गोलको नतिजामा जित हात पारेको हो । खेल सुरु भएको ५ मिनेटमै मानेभन्ज्याङले गोल गर्दै अग्रता लिएको थियो । मानेभन्ज्याङका करण राईले १८ यार्डको दूरीबाट प्रहार […]

April 29, 2024

मध्यपुर थिमि गोदावरी मेयर कपको क्वाटरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद )- मध्यपुर थिमि नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्बार्टरफाइनलमा प्रवेश गरेको छ । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशाला सोमबार भएको एक मात्र खेलमा टोखा नगरपालिकालाई ४–० ले हराउँदै मध्यपुर थिमिले अन्तिम आठमा पुगेको हो । मध्यपुरको जितमा रोहन खड्गीले ह्याट्रिक पूरा गरे भने […]

April 29, 2024

इङ्ल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको विदाई

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड ‘सि’ टोली र ब्रिटिश आर्मी फुटबल टोली विरुद्ध मैत्रीपूर्ण खेल खेल्न इङ्ल्यान्ड प्रस्थान गर्ने नेपाली राष्ट्रिय फुटबल टोलीको विदाई भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक कार्यक्रमका बीच सोमबार टोलीको विदाई गरेको हो । कार्यक्रमका नेपालका लागि बेलायती राजदूत रब फेन समेत उपस्थित […]

Success

Thank you for your time.