default_image

2 years ago

November 9, 2021

तामाङ १७ वर्षपछि मनाङमा

काठमाडौं (हाम्रो खेलकुद)– राजेन्द्र तामाङ १७ वर्षपछि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली नेपाल आयल निगम (एनओसी) मनाङ मर्स्याङ्दी क्लब फर्केका छन् । २०५६ देखि २०६१ सम्म खेलाडीका रुपमा मनाङको हिस्सा बनेका तामाङ यसपटक फरक भूमिकामा मनाङ पुगेका हुन् । यसै महिनाको अन्त्य तिर (कात्तिक २९ गतेबाट) सुरु हुने लिगसहित मोसफलका प्रतियोगिता हेर्नेगरि […]

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राजेन्द्र तामाङ १७ वर्षपछि सहिद स्मारक ए डिभिजन लिगको सर्वाधिक सफल टोली नेपाल आयल निगम (एनओसी) मनाङ मर्स्याङ्दी क्लब फर्केका छन् ।

२०५६ देखि २०६१ सम्म खेलाडीका रुपमा मनाङको हिस्सा बनेका तामाङ यसपटक फरक भूमिकामा मनाङ पुगेका हुन् । यसै महिनाको अन्त्य तिर (कात्तिक २९ गतेबाट) सुरु हुने लिगसहित मोसफलका प्रतियोगिता हेर्नेगरि ६ महिनाका लागि प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् ।

प्रशिक्षकका रुपमा यो उनको तेस्रो क्लब हो । २०७२ मा राष्ट्रिय लिगमा थ्री स्टार क्लबलाई च्याम्पियन बनाएका तामाङले पछिल्लो दुई सिजन एपिएफ क्लब हेरेका थिए ।

‘प्रशिक्षकको काम भनेको यसै पनि चुनौतीपूर्ण हुन्छ । जोखिम नलिइ सफलता पाइन्न,’ तामाङले भने,‘ मनाङसँग आफ्नो भावनात्मक सम्बन्ध पनि छ । लामो समय त्यतिबाट खेले । प्रशिक्षकको खोजीमा भनेपछि मैले आफै उहाँहरुलाई प्रस्ताव गरे क्लबले त्यसलाई स्वीकार गर्यौं ।’

मनाङलाई प्रशिक्षण दिने उनको पूरानै इच्छा हो । तर सहि समयको पर्खाईमा आफू रहेको उनले बताए । ‘मनाङ देशको सर्वाधिक सफल क्लब मध्येको एक हो । ठूलो नाम भएकाले दबाब पनि ठूलै हुने नै भयो, उनले थपे ।

‘पहिला मैले अरु क्लबमा अनुभव लिए । अब ठूलो चुनौतीका लागि तयार छु । अर्को मनाङले पोखरालाई आफ्नो होम ग्राउन्ड बनाएका कारण आफ्नो ठाँउको हुँदा झन् बढी काम गर्ने उत्साह जागेको छ ।’ मनाङको स्वर्णिम पुस्ताका खेलाडी मध्ये एक हुन् तामाङ ।

खेलाडीका रुपमा भने उनले आरसिटीबाट २०५४ मा ए डिभिजन क्लबको यात्रा सुरु गरेका थिए । त्यसपछि मनाङमा लामो समय बिताएका उनी २०६२ मा मछिन्द्रमा आबद्ध भए । २०६३ बाट २०६६ सम्म थ्री स्टारबाट खेलेका उनले अन्तिम लिग २०६६-०६७ मच्छिन्द्रबाटै खेले । घरेलु फुटबलमा आफू मनाङबाट खेलेर स्थापित भएको मान्ने तामाङ एक पटक प्रशिक्षकका रुपमा टोलीलाई सफलता दिलाउन आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने बताउँछन् ।

‘ठूलो क्लब । सिनियर खेलाडी छन् । दबाब पनि उत्तिकै छ’, एएफसी ए लाइसेन्स प्राप्त ४५ वर्षे पोखराका तामाङ भने, ‘तर हामी खेल्दा देखि नै क्लबको व्यवस्थापन, आर्थिक पाटो र सहयोगी भावनाले गर्दा मनाङ विशेष छ । त्यसअर्थ मलाई एक पटक मनाङको प्रशिक्षक हुने इच्छा थियो । अहिले पूरा भएको छ । त्यसका लागि व्यवस्थापनलाई धन्यवाद ।

मनाङको प्रशिक्षण टोलीमा तामाङसँगै नाइजेरियन प्रशिक्षक तोपे फुजा र गोलरक्षक प्रशिक्षक विनोद डंगोल रहने व्यवस्थापक मिलन गुरुङ (ज्याक) ले जानकारी दिए । पछिल्लो दुई सिजनयता क्लबमा प्रशिक्षक रहेका फुजा यसै साता नेपाल आइपुग्ने व्यवस्थापक गुरुङले बताए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.