default_image

2 years ago

November 9, 2021

ललितपुर र धनगढी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको सेमिफाइनलमा स्थान पक्का गरेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मंगलबार भएको खेलमा ललितपुरले शिवसताक्षी नगरपालिका झापालाई ४–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । ललितपुरको जितमा निर्मला विकले ह्याट्रिक पुरा गर्दा मनिषा सेनले एक गोल थपिन् । सबै चार गोल पहिलो हाफमा नै भएको थियो ।

छैटौं मिनेटमा नै निर्मलाको गोलबाट अग्रता लिएको ललितपुरले २२औं मिनेटमा निर्मलाकै गोलबाट अग्रता दोब्बर बनायो । ३५औं मिनेटमा निर्मलाले ह्याट्रिक पुरा गरिन् । ४३औं मिनेटमा मनिषाले गोल गर्दै ललितपुरको जित पक्का गरिन् ।

अर्काे खेलमा धनगढी उपमहानगरपालिका कैलालीले बाँसगढी नगरपालिका बर्दियामाथि १२–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । धनगढीको जितमा चन्द्रा भण्डारी एक्लैले ५ तथा रेखा कुमारी पौडेलले ४ गोल गरिन् । सुरक्षा कुमारी सिंह, सरस्वती रोकाया र विर्सना चौधरीले समान एक गोल गर्दा बाँसगढीकी अमिशा कार्कीले एक गोल फर्काइन् ।

यसअघि सोमबार कन्काई नगरपालिका झापा र रोङ गाउँपालिका इलाम क्वाटरफाइनलमा स्थान बनाएका थिए । बुधबार गोदावारी नगरपालिका कैलाली र कन्काई नगरपालिका झापा तथा रोङ गाँउपालिका इलाम र गौरीगंगा नगरपालिका कैलालीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी ३१ टोलीलाई १० समूहमा विभाजन गरिएको थियो । हरेक समूहको शीर्ष टोली नकआउट चरणमा प्रवेश गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेता टोली राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.