1 year ago
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी लगातार दोस्रो सिजन पनि फ्रेन्च शीर्ष डिभिजन टोली एन अभान्ट ग्वेंगाम्पबाट नै खेल्ने भएकी छिन् ।
गत सिजनको मध्यमा ग्वेंगाम्पमा आबद्ध भएकी साम्बा नयाँ सिजनको तयारीका लागि शुक्रबार नै त्यसतर्फ प्रस्थान गरिसकेकी छन् ।
सोमबारबाट सुरु हुने प्रशिक्षण सत्रमा आफु सहभागी हुन उनी शुक्रबार राती प्रस्थान गर्नुपरेको साम्बाले जानुअघि हाम्रो खेलकुदलाई जानकारी दिएकी थिइन्।
घरेलु फुटबलमा एपिएफकी महत्त्वपूर्ण सदस्य साम्बा माल्दिभ्स, भारतीय शीर्ष डिभिजन इजरायलको लिग हुँदै युरोपको शीर्ष मध्य एक फ्रेन्च शीर्ष डिभिजन पुग्न सफल भएकी हुन् । साम्बा नेपाली राष्ट्रिय टोलीकी शीर्ष गोलकर्ता समेत हुन् ।
फ्रेन्च क्लबमा नयाँ प्रशिक्षकको आगमनसँगै साम्बाले पहिलो रोजाइमा खेल्ने सम्भावना बढेको छ । गत सिजन उनले अधिकांश खेल बेन्चबाट सुरु गरेकी थिइन् । उनले टोलीका लागि १ गोल गरेकी थिइन् ।
एपिएफले यसपटक नेपालबाट एएफसी वुमन्स च्याम्पियन्स लिग खेल्दैछ । तर यो प्रतियोगिता र फ्रान्सको सिजन तालिका जुधेपछि उनी लोनमा आउने सम्भावना पनि प्रारम्भिक चरणमै टुटेको थियो ।
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]