default_image

1 year ago

September 25, 2024

वडा १६ अन्तर वडा फुटसल च्याम्पियन

466 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद)- काठमाडौं वडा नं १६ ले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि जितेको छ ।

काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा लैनचौर फुटसल मैदानमा भएको फाइनलमा वडा नं १६ ले वडा नं १२ लाई ५-२ ले हरायो ।

पहिलो मिनेटमै वडा नं १२ का खेलाडीले आत्मघाती गोल गरेपछि वडा नं १६ ले अग्रता बनाएको थियो । त्यसपछि आयुष कुँवर, रविन निरौला र सुजत डंगोलले गोल गरी विजयी टिमलाई ४–० को आरामदायक अग्रता दिलाए ।

मनोज महर्जन र सिद्धार्थ देउलाको गोलबाट वडा १२ ले खेलमा फर्किने प्रयास गरेको थियो । तर खेल सकिनै लाग्दा श्रेयान्स मानन्धरले गोल गरेपछि वडा १६ फराकिलो गोल अन्तरसहित च्याम्पियन बन्यो । श्रेयान्स फाइनलको प्लेयर अफ दि म्याच पनि बने ।

उपाधि विजेता वडा १६ ले ट्रफीसहित २ लाख रुपैयाँ र दोस्रो वडा १२ ले ट्रफी र १ लाख रुपैयाँ प्राप्त गर्यो
वडा नं १६ का आयुष कुँवर प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभयो ।

उपाधि विजेता टिमकै मनोज महर्जन सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट गोलरक्षकको पुरस्कार वडा नं १२ का मनोज महर्जनले प्राप्त गरे। व्यक्तिगत विधातर्फ उत्कृष्ट तीनै जना खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।

काठमाडौं महानगरपालिकाका प्रशासकिय प्रमुख सरोज गुरागाईँ तथा आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनलगायतले विजेता र दोस्रो टोलीलाई पुरस्कृत गरे।

अध्यक्ष महर्जनले वडा नं २३ ले अर्को वर्ष तेस्रो संस्करण अझ भव्यताका साथ आयोजना गर्ने बताए।
असोज १ गते सुरु भएको नकआउट प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाले भाग लिएका थियो ।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.