default_image

11 months ago

January 23, 2025

रिपोर्टर राइनोज एनएसजेएफ कप च्याम्पियन

227 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हरेक हुँदै आएको एनएसजेएफ कप फुटसल प्रतियोगिताको तेस्रो संस्करणमा रिपोर्टर राइनोज च्याम्पियन भएको छ ।

नखिपोटस्थिट फुटसल भिजेलमा बिहीवार भएको फाइनलमा रिपोर्टर राइनोजले हेडलाइन हुरिकेन्सलाई ४–० ले पराजित गर्दै उपाधि जितेको थियो । सबै गोल टिमका मार्की अभिनव जोशीले गरे ।

४ टोलीको प्रतिस्पर्धी एनएसजेएफ कपमा रिपोर्टर, हेडलाइन र बाइलाइन ब्यान्डिजले समान २ खेल जितेका थिए ।

बाइलाइनलाई गोलअन्तरमा उछिन्दै सुबास हुमागाईं मार्की रहेको हेडलाइनले फाइनल पक्का गरेको थियो । रिपोर्टरले लिग चरणमा पनि हेडलाइनलाई ५–२ ले हराएको थियो ।

अन्तिम लिग खेलमा बाइलाइनसँग हारे पनि रिपोर्टर फाइनल पुगेको हो । फिचर फ्यान्टमसले तीनै खेलमा पराजय भोगेको थियो ।

अभिनव कुल ११ गोल गर्दै उत्कृष्ट खेलाडी बने । इमर्जिङ प्लेयरमा शिशिर बस्नेत र उत्कृष्ट गोलरक्षकमा हेडलाइनका सुजल थापा चुनिए ।

विजेता र उपविजेता टोलीका खेलाडीलाई एन्फाका प्रवक्ता सुरेश शाह र फुटसल भिजेलका प्रोप्राइटरका थमन भुसालले ट्रफी प्रदान गरे।

September 18, 2025

एन्फाका फुटसल निर्देशक महर्जनको राजीनामा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]

September 17, 2025

एन्फाले फुटसल प्रशिक्षण सुरु गरेर रोकेको थियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

Success

Thank you for your time.