default_image

2 years ago

November 22, 2021

खेलकुद महासंघको खेल नीति सम्मेलन आज सकिदै

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ दुई दिने खेल नीति सम्मेलन सोमबार सम्पन्न हुँदैछ । दोस्रो दिन विभिन्न कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने महासंघका सचिव तथा प्रचार प्रसार प्रमुख उमेश केसीले बताए । काठमाडौं घोषणा जारी गर्दै खेल नीति सम्पन्न हुने बताएको छ । एमालेका अध्यक्ष एवंम् […]

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ दुई दिने खेल नीति सम्मेलन सोमबार सम्पन्न हुँदैछ ।

दोस्रो दिन विभिन्न कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने महासंघका सचिव तथा प्रचार प्रसार प्रमुख उमेश केसीले बताए । काठमाडौं घोषणा जारी गर्दै खेल नीति सम्पन्न हुने बताएको छ । एमालेका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको आइतबार उद्घाटन गरेका थिए । पहिलो दिन तीन वटा कार्यपत्र प्रस्तुत भएका थिए।

एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक पार्टी र खेलकुद संगठनहरु, पिएचडी स्कोलर ओमकृष्ण प्रसाईंले नेपालमा खेलकुद विश्वविद्यालय, आवश्यकता र औचित्यता तथा महासंघका अध्यक्ष रमेशकुमार पौडेलले “ महासंघको सांगठनिक योजना, लक्ष्य तथा कार्यक्रम नामक कार्य पत्र प्रस्तुत गरे ।

उद्घाटन समारोहमा ओलम्पियन संघका अध्यक्ष दिपक विष्ट, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, गैर आवासीय नेपाली संघ खेलकुद समितिका सदस्य सचिव धर्म गिरीले सम्मेलनको सफलताको कामना गरे ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

April 30, 2024

रियल म्याड्रिड र बायर्न म्युनिख भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा आज स्पेनिश टोली रियल म्याड्रिड र जर्मन टोली बायर्न म्युनिख भिड्दै छन् । बायर्नको घरेलु मैदान आलियान्ज अरिनामा हुने खेल राती १२:४५ बजे सुरु हुनेछ । यी दुई टोली पछिल्लो पटक २०१८ को च्याम्पियन्स लिग सेमिफाइनलमा र २०१७ को क्वाटरफाइनलमा एकअर्का सँग भिडेका थिए । दुवै पटक […]

Success

Thank you for your time.