default_image

2 years ago

December 7, 2021

आइटिएफ दोस्रो सर्किट – एकै दिन २५ खेल

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता प्राप्त गरेका छन् । श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ […]

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरामा जारी आइटिएफ यु–१८ वल्र्ड टेनिस टुरमा मंगलबार २५ खेल सम्पन्न भएका छन् । खेल सम्पन्न हुदाँ नेपालका ३ खेलाडीले व्यक्तिगत प्रतिस्पर्धामा सफलता हात पारेका छन् । नेपालका महिला यु–१८ खेलाडी श्रभनी श्रेष्ठ, अभिलाषा विष्ट र पुरुष खेलाडी आर्यन गिरीले सफलता प्राप्त गरेका छन् ।

श्रभनीले भारतकी श्रीनिधी रेड्डी अमिरेड्डीलाई ३–१ को सेटमा हराइन् । पहिलो सेट ७–६ ले हराएकी श्रभनीले दोस्रो सेटमा पुनरागमन गर्दै जित निकालिन् । उनले दोस्रो सेटमा ६–२ को अन्तर निकालिन् । तेस्रो सेट ६–१ ले आफ्नो पक्षमा पारिन् । यस्तै अभिलाषाले भारतकी खुसी गुलाटीलाई २–० को सेटमा हराइन् । उनले ६–१ र ६–१ कै सेटमा पाखा लगाउँदै जितको सुरुवात गरिन् । उता पुरुष एकल तर्फ आर्यनले भारतका प्रनभ कोराडेलाई ७–५ र ६–४ ले हराए ।

सामुहिक तर्फ भने नेपालकी इशाश्री शाह र श्रभनी श्रेष्ठको जोडीले नेपालकै रोमिका बुद्धचार्य र काशीसको जोडिलाई २–० को सोझो सेटमा हराए । पुरुष सामुहिक तर्फ नेपालका आरभ सम्राट हाडा र एकस् जुवेन रावतको जोडीले भारतका चन्दन शिवराज र क्रिलिस त्यागिको जोडिलाई हराए ।

April 16, 2024

बहराइनको कम्बोडियाविरुद्ध सहज जित

मस्कट (हाम्रो खेलकुद) – ओमनमा जारी एसिसि प्रिमियर कप अन्तर्गत बहराइनले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बहराइनले कम्बोडिया माथि ७ विकेटको सहज जित हासिल गरेको हो । कम्बोडियाले दिएको ८४ रनको झिनो लक्ष्य बहराइनले १३.१ ओभरमा ३ विकेट गुमाएर भेटायो । बहराइनका लागि हैदर बटले २७ बलमा ३ चौका […]

April 10, 2024

आर्मीलाई हराउँदै मच्छिन्द्र सिमरा गोल्डकपको सेमिफाइनलमा

सुनिल गाउँले, सिमरा विभागीय टोली त्रिभुवन आर्मी क्लब विरुद्ध संघर्षपूर्ण जित निकाल्दै मच्छिन्द्र क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार राति भएको प्रतिष्पर्धात्मक खेलमा मच्छिन्द्रले आर्मी १–० लाई हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । ६९ औं मिनटमा सौरभ लिम्बुले गरेको मच्छिन्द्रला लागि निर्णायक बनेको थियो […]

April 6, 2024

खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फुटबल टोलीका पूर्व कप्तान हरि खड्का टिप-टो स्पोर्ट्स एकेडेमीको ब्रान्ड एम्बासेडर र प्राविधिक सल्लाहकार (टेकनिकल एडभाईजर) नियुक्त भएका छन् । एन्फाका वर्तमान टेक्निकल डाइरेक्टर तथा नेपाली महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक समेत रहेका खड्का हाल टिप-टो स्पोर्ट्स एकेडेमीसँग जोडिएका हुन् ।  नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतद्वारा संचालित […]

Success

Thank you for your time.