9 years ago
November 21, 2016
काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को महिना आयोजना गर्ने गरि सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नयाँ मिति तोकेको छ । राखेपको सोमबार बसेको १ सय सातौं बैठकले पूर्वानिर्धारित स्थान पूर्वाञ्चलमै पुस ८ देखि १५ गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । राखेपले सातौं राष्ट्रिय खेलकुदका लागि मिति तोकेको यो चौथो पटक हो । पछिल्लो पटक मंसिर ८ देखि १५ गते सम्मका लागि तोकिएको थियो ।

राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीको अध्यक्षतामा सातदोबाटोमा बसेको बोर्डले क्षेत्रीय छनोट प्रतियोगिताको नयाँ मिति पनि तोकेको राखेप प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । क्षेत्रिय छनोट मंसिर २० देखि २८ गतेसम्म हुने भएको छ । यसअघि क्षेत्रीय छनोट कात्तिक २३ देखि मंसिर ३ गतेलाई तय भएको थियो । क्षेत्रीय सकिए लगत्तै राष्ट्रियलाई छनोट भएका खेलाडीको बन्द प्रशिक्षण सुरु हुनेछ ।
सातौं राष्ट्रिय खेलकुद सम्बन्धी सम्पूर्ण अधिकार राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई प्रदान गर्ने निर्णय भएको प्रेस सल्लाहकार दाहालले जानकारी गराए । पछि बस्ने परिषद्को बोर्ड बैठकले निर्णयलाई अनुमोदन गर्ने गरी सदस्य–सचिव विष्टलाई अधिकार दिइएको हो ।
बैठकमा सदस्य–सचिव विष्टले पूर्वाधार, सातौंका लागि गठित विभिन्न उपसमितिलगायतका काम बारे बोर्डमा जानकारी गराएका थिए । त्यस्तै बैठकले सातौंलाई सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण ध्यान सातौंमा केन्द्रीत गर्ने र सातौंपछि नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा लाग्ने निर्णय समेत गरेको छ ।
बैठकमा खेलकुद मन्त्रालयका सचिव महेशकुमार दाहाल, सह–सचिव चूडामणि पौडेल, बोर्ड सदस्यहरु, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षलगायतको उपस्थिति थियो ।
December 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु प्लेसिस आज नेपाल आइपुगेका छन्। दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने उनी सबै हाई प्रोफाइल खेलाडी हुनेछन्। उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्पी लामा तथा विराटनगर किंग्सका पदाधिकारीले स्वागत गरे। विमानस्थलमा नै पत्रकारसँग बोल्दै फाफले भने, ‘म यहाँ केही छोटो […]
December 1, 2025
एजेन्सी – रियल माड्रिड ला लिगामा लगातार तेस्रो खेल पनि बराबरीमै रोकिएको छ। आइतबार जिरोनासँग १-१को खेल बराबरी खेलेपछि रियलले शीर्ष स्थानमा फर्कने मौका गुमाएको छ। खेलको सुरुवातमै रियल निकै आक्रामक देखियो। एम्बाप्पेले २ वटा राम्रा मौका गुमाए भने भिनिसियसको शट पनि क्रसबार माथि गयो। मिलिताओको बलियो हेड गोलरक्षकले रोकिदिँदा रियलले अग्रता लिने अवसर फरि […]
November 26, 2025
एजेन्सी – बायर लेभरकुसेनले च्याम्पियन्स लिगमा मंगलवार म्यानचेस्टर सिटीलाई २-० ले पराजित छ। योसँगै सिटीको लिग चरणमा रहेको सात वर्षको घरेलु अपराजित यात्रा समाप्त भएको छ। एलेहान्द्रो ग्रिमाल्डो र पात्रिक शिकको गोलमा लेभरकुसनको जित सम्भव भएको हो। खेलको सुरुवातमै सिटीले अग्रता लिनसक्ने मौका पाएको थियो। तर नाथन एके को प्रहारलाई लेभरकुसेनका गोलरक्षक मार्क फलेकनले उत्कृष्ट […]