4 years ago
January 3, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित गरेको हो ।

टाइम्सको जितमा मनीष केसीले २६ अंकको योगदान गरे । दोश्रो क्वाटरमा १७–१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । टाइम्सले पहिलोमा २६–१२, तेश्रोमा २७–२२ र चौथोमा २५–२१ को अग्रता लिएको थियो ।
अर्को खेलमा विराज राणाको १८ अंक सहयोगमा गोड्सले स्कल क्यान्डीलाई ६५–५० ले हरायो । चौथो तथा अन्तिम क्वाटरमा गोड्सले जितको महत्वपूर्ण आधार खडा ग¥यो । त्यसमा गोड्सले २५–९ को अग्रता बनाएको थियो । सुरुका तीन क्वाटरमा गोड्सले क्रमशः १२–१३, १२–२१ र १६–१५ को प्रदर्शन ग¥यो ।
गोड्स र स्कलले समान २–२ खेल खेलेका छन् । दुवैले समान १–१ जित-हार आत्मासात् गरेका छन् । अघिल्लो दिन आइतबार गोड्स रोयल बास्केबलसंग पराजित भएको थियो भने स्कलले क्याम्पियनलाई हराएको थियो ।
शिव सेना नेपाल, ललितपुरको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार ३ खेल हुने छ । बिएमके र कीर्तिपुर बास्केटबल, टाइम्स र गोल्डेनगेट तथा रोयल र क्याम्पियनबीच खेल हुने छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीले जितका साथ काठमाडौंमा जारी साफ महिला क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। दशरथ रंगशालामा आज भएको पहिलो खेलमा इस्ट बंगालले भुटानको ट्रान्सपोर्ट एफसीलाई ४-० ले हराएको छ। इस्ट बंगाललाई जित दिलाउन फाजिला इक्वापुटले २ , सुलञ्जना राउल र रेस्टी नान्जिरीले समान १ गोल गरिन्। फाजिलाले ३५ औं मिनेटमा गोल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१ औँ अन्तर मावि आइजीपी फुटबल रनिङ ट्रफीको चौथो दिन आज एनपिएस धरान, एनपिएस साँगा (निलो) र पिस प्वाइन्ट विद्यालय विजयी भए। पहिलो खेलमा नेपाल पुलिस स्कूल धरानले डिएभी स्कुल जावलाखेललाई १५- १ ले पराजित गर्यो । धरानका श्रीजन मल्लले एक्लैले ५ गोल गर्दै ‘प्लेयर […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा दमदार सुरुवात गरेको छ। एपिएफले बंगलादेशको नसरिन स्पोर्ट्स एकेडमीलाई ४-० ले माथ दिंदै विजयी सुरुवात गरेको हो।एपिएफको जितमा रश्मि कुमारी घिसिङ र युवा खेलाडी मिना देउवाले समान २ गोल गरे। दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली एपिएफ दबाब बनायो। ३८ औ मिनेटमा रश्मिले […]