default_image

2 years ago

January 21, 2022

नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको ३०औं वरीयताका रसियन करिन खाँचानोभलाई ३–१ को सेटमा पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान पक्का गरेको हो । एक पटकको च्याम्पियन तथा पाँचपटक फाइनलमा प्रवेश गरेको ३५ वर्षीय नाडालले खाँचानोभलाई ६–३, ६–२, ३–६ […]

146 views

0 Bookmark

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको ३०औं वरीयताका रसियन करिन खाँचानोभलाई ३–१ को सेटमा पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

एक पटकको च्याम्पियन तथा पाँचपटक फाइनलमा प्रवेश गरेको ३५ वर्षीय नाडालले खाँचानोभलाई ६–३, ६–२, ३–६ र ६–१ को सेटमा हराउन सफल भयो । अब नाडालले प्रि–क्वाटरफाइनलमा १५औं वरीयताका रसियन अस्लान कारातसेभसँग खेल्नेछ ।

नाडालले ओलम्पिकमा रजत पदक विजेता खाचानोभसँग कुनैपनि समय दवावमा खेल्नुपरेन । प्रि–क्वाटरफाइनलमा पुग्ने उनी एकमात्रै पूर्व च्याम्पियन हुन् । उनले २००९ मा स्वीस रोजर फेडेररलाई हराएको पहिलोपटक अष्ट्रेलियन ओपनको उपाधि जितेको थियो । त्यसयता उनले २०१२, २०१४, २०१७ र २०१९ मा फाइनलको यात्रा तय गरेपनि च्याम्पियन बन्न भने सकेका छैनन् ।

कोरोना खोप नलगाएका कारण खेल्नबाट बञ्चित रहेका २० पटकको ग्रान्डस्लाम च्याम्पियन सर्वियन नोभाक जोकोभिच र चोटबाट पूनरागमनको प्रयासमा रहेको स्वीट्जरल्यान्डका रोजर फेडेररको अनुपस्थितिमा उनलाई यसपटक च्याम्पियन बन्ने सुवर्ण अवसर रहेको छ । उनी पनि चोटबाट पूनरागमन गर्दै पहिलो ग्रान्डस्लाम खेलिरहेका छन् ।

यस्तै तेस्रो वरीयताका जर्मनीका एलेक्सान्डर जेभेरेभ र सातौ वरीयताका इटालीका माटियो बेरारटिनीले पनि अन्तिम १६ मा स्थान बनाएका छन् ।

जेभेरेभले मोल्दोभाका राडु अल्बोटलाई ६–३, ६–४ र ६–४ को सोझो सेटमा हराउँदा बेरारटिनीले स्पेनका १८ वर्षीय कार्लाेस एल्काराजलाई पाँचौ सेटमा हराउन सफल भएको हो । बेरारटिनीले ६–२, ७–६ (७–३), ४–६, २–६ र ७–६ (१०–५) को संघर्षपुर्ण सेटमा जित निकाल्न सफल भएको हो ।

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 24, 2024

हिमाल र रिमा सर्वाेत्कृष्ट

गोरखा (हाम्रो खेलकुद) – नवलपुरका मिडल ब्लकर हिमाल सुनारी र पर्वतकी स्पाइकर रिमा कुँवर गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवैले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन सानदार प्रदर्शन गरेका थिए । सर्वाेत्कृष्ट बनेसँगै उनले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गोरखाको बारपाक सुलिकोट […]

April 24, 2024

नवलपुर र पर्वतलाई भलिबल उपाधि

गोरखा (हाम्रो खेलकुद) – नवलपुर र पर्वतले गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । नवलपुर पुरुषमा तथा पर्वत महिलामा च्याम्पियन बनेका हुन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा बुधबार भएको फाइनलमा स्याङ्जालाई ३–२ को सेटमा पराजित गर्दै नवलपुरले उपाधि जित्न सफल भएको हो । नवलपुरले सुरुवाती दुई सेट गुमाएपनि त्यसपछिको तीनै […]

Success

Thank you for your time.